
काठमाण्डौं । दसैँमा घर जानका लागि आजदेखि उपत्यकामा टिकट वुकिङ खुल्ला भएको छ। लामो दुरीमा जाने यात्रुहरुका लागि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको पहलमा टिकट वुकिङ खुल्ला भएको हो। दसैं मान्न घर जान चाहने आजबाट कलंकी, बालाजु, चाविहल, गौशाला, तिनकुने लगायतका स्थानबाट टिकट बुकिङ गर्न सक्नेछन्।
यात्रुहरुलाई जानकारी र सहायत प्रदान गर्न आजदेखि नै राजधानीको कलंकी,बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगामा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, र लगनखेलमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ।
७ असोज २०७३, ९।००
वि.सं.२०७३ असोज ७ शुक्रवार ११:३० मा प्रकाशित