back
NMB ad

एनआईसी एशियाको ‘डबल डिपोजिट’ योजना सार्वजनिक, १२ बर्षमा निक्षेप दोब्बर !

Kumari bank ad

काठमाण्डौं । एनआईसी एशिया बैंकले एनआइसी एशिया डबल डिपोजिट योजना सार्वजनिक गरेको छ । यो योजना अन्तरर्गत निक्षेपमा जम्मा भएको रकम ब्याज आम्दानीले नै १२ बर्षमा दोब्बर हुने बैंकले जनाएको छ ।

यसमा एनआईसी एशिया बैंकको व्यक्तिगत ग्राहकले न्यूनत्म एक लाख रुपैयाँ देखि निक्षेप जम्मा गर्न सक्नेछन् । यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्ने बैंकको भनाई छ ।

साथै, बचत खाता सुविधा सहितको यो योजनाले तुरुन्तै बिना झन्झट आवश्यकता अनुसार ओभरड्राफट उपभोग गर्ने सुविधा प्रदान गर्नुका साथै शून्य मौज्दात, क्रेडिट कार्ड सुविधा, दुर्घटना मृत्यु बीमा, निःशुल्क डेबिट कार्ड, इन्टरनेट र एसएमएस बैकिङ सेवा समेत उपलब्ध हुने बैंकका कर्पोरेट कम्युनिकेशन एण्ड ब्राण्डिङ प्रमुख भानु दवाडीले जानकारी दिए ।

विभिन्न प्रकारका नवीनतम योजना र सेवाले हरेक उमेर समूह, लिङ र पेशालाई समेट्ने लक्ष्य रहेको बैंकले बताएको छ ।

प्रकाशितः २०७३ असोज ७

वि.सं.२०७३ असोज ७ शुक्रवार १३:१८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...