
काठमाडौँ । यति एयरको जहाज दुर्घटना भएको भोलिपल्टै आज फेरी अर्को हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको जुभिङमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना भएको हो ।
इन्जिन फेल भएपछि आकष्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हेलिकप्टरको नोजमा क्षति पुगेको छ ।
सोलुखुम्बु प्रहरीले पाइलट र यात्रु सबै सकुशल रहेको जनाएको छ ।
माउन्टेन एयरका अनुसार हेलिकप्टर लुक्लाबाट बिरामी लिन जुभिङ गएको थियो । र, काठमाडौं आउने योजना थियो तर, अवतरणका क्रममा केही समस्या देखिएको थियो ।
अहिले हेलिकप्टर बिरामी लिएर लुक्ला फर्किएको छ ।
९ असोज २०७३
वि.सं.२०७३ असोज ९ आइतवार १०:२४ मा प्रकाशित