
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लगि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त निर्णय राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।
प्रकाशितः २०७३ असोज ९
वि.सं.२०७३ असोज ९ आइतवार १३:४९ मा प्रकाशित