back
NMB ad

गत वर्षको तुलनामा राजस्व संकलन २९ प्रतिशतले वृद्धि !

Kumari bank ad

काठमाण्डौं । चालु आर्थिक बर्षको भदौ मसान्तसम्म राजश्व संकलन २९ प्रतिशतले बढेको छ । यो गत बर्षको भदौसँग तुलना गरिएको हो । भदौसम्मको राजश्व संकलन लक्ष्य २८ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ रहेकोमा २८ अर्ब ९३ करोड ६ लाख रुपैयाँ राजश्व उठेको हो । लक्ष्यभन्दा १७ करोड ४० लाख रुपैयाँ वढि राजश्व उठेको हो ।

कुल राजश्वमध्ये आयकरतर्फ १२ अर्ब २१ करोड ९७ लाख, मूल्य अभिबृद्धि करतर्फ १० अर्ब ४५ करोड दुई लाख र अन्तशुल्कतर्फ पाँच अर्ब ९१ करोड ६५ लाख रुपैयाँ राजश्व उठेको हो । लक्ष्यभन्दा कम मूल्य अभिबृद्धि कर उठेको छ । बाँकी दुई कर लक्ष्यभन्दा वढि उठेको हो ।

शिक्षा सेवा शुल्क १३ करोड ८३ लाख रुपैयाँ उठेको छ भने स्वास्थ्य सेवा कर २० करोड ५६ लाख ८५ हजार रुपैयाँ उठेको छ । शिक्षा कर लक्ष्यभन्दा वढि उठेको छ भने स्वास्थ्य सेवा कर लक्ष्यभन्दा कम उठेको छ ।

९ असोज २०७३, ३।००

वि.सं.२०७३ असोज ९ आइतवार १६:५१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...