back
NMB ad

विश्व पर्यटन दिबसको पूर्वसन्ध्यामा टानको ‘सम्पदा यात्रा’

Kumari bank ad

काठमाडौँ । ३७ औं विश्व पर्यटन दिबसको पुर्बसन्ध्यामा ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सोमबार काठमान्डौमा बिभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुसहितको ‘सम्पदा यात्रा’ कार्यक्रमको आयोजना गर्यो ।

विश्व पर्यटन दिबस प्रत्येक बर्ष सेप्टेम्बर २७ का दिन विश्वभर बिभिन्न कार्यक्रम आयोजना गरि मनाइन्छ । टानले आफ्नो शुरुवाती बर्षहरु देखि नै विश्व पर्यटन दिबस बिभिन्न कार्यक्रम गरि आयोजना गर्दैआइरहेको छ | यस बर्षको नारा ‘सबैको लागि पर्यटन: सबैको पहुँचको सुनिश्चितता’ तय गरिएको छ ।

यस वर्षको नारा पर्यटनमा सबैको पहुँच पुर्याउने बिषयसंग सम्बन्धित भएको हुँदा टानले विभिन्न किसिमका अपांगता भएको व्यक्तिहरुसंग सम्पदा भ्रमण आयोजना गरेको हो । कार्यक्रममा बिभिन्न किसिमका अपांगता भएका करिब ३० व्यक्तिहरुको सहभागिता थियो । उनीहरुले ‘पर्यटन सबैका लागि’, ‘अपांगतालाइ होइन, मान्छेलाई हेरौं’, ‘पर्यटनमा सबैको पहुँच बनाऔं’, ‘सबैजना घुमफिर गर्न सक्छन्’, ‘हामी पनि घुमफिर गर्न सक्छौं’ जस्ता नारा सहितको प्लेकार्ड बोकेकाथिए ।

सम्पदा यात्राको शुभारम्भ पर्यटन सचिब शंकरप्रसाद अधिकारीले गरेका थिए। त्रिदेबीमार्गबाट शुरु भएको यात्रा नरसिंगचोक, थहिटी, भेडासिंग, इन्द्रचोक हुँदै हनुमानढोका दरबार क्षेत्रको शिबपार्वती मन्दिर परिसरमा पुगेर सभामा बिसर्जन भएको थियो ।

टान अध्यक्ष चन्द्रप्रसाद रिजालले शारीरिक अशक्तताले कसैको घुमफिर गर्नपाउने इच्छालाइ नसक्ने बिचार व्यक्त गरे। अपांगता भएका व्यक्तिहरुसंग नयाँ ठाउँ घुम्ने र नयाँ पर्यटकिय गतिबीधिमा रम्ने अधिकार रहेको भन्दै रिजालले पर्यटन ब्यबसायीहरुले आफ्ना सेबा सुबिधाहरु सुधार गरि त्यो अधिकार सुनिस्चित गर्नुपर्ने बताए । पर्यटकीय सेवाहरुमा सबैको पहुँच सुनिस्चित गर्न सरकारले आबश्यक कदम चाल्न ढिलो भैसकेको रिजालको ठहर थियो ।

कार्यक्रममा बोल्दै टानका महासचिब कर्णबहादुर लामाले सम्पदा यात्राको मुख्य उद्देश्य पर्यटनमा सबैको पहुँच पुर्याउन जनचेतना जगाउनु रहेको बताए। ‘पर्यटन ब्यबसायीहरुले आफुले प्रदान गर्ने सेबाहरु अपांगमैत्री बनाउन ढिलो भैसकेकोछ,’ लामाले भने ।

त्यसैगरी टान खेलकुद तथा उत्सब उपसमितिका संयोजक तथा कार्यसमितिका द्वितिय उपाध्यक्ष रामप्रसाद सापकोटाले कार्यक्रमले पर्यटनमा सबैको पहुँच सुनिस्चित गर्नुपर्छ भन्ने कुरामा नीति निर्माण तहमा रहेका व्यक्तिहरुको ध्यानाकर्षण गर्ने बिश्वास ब्यक्त गरे । पर्यटनमा कुनै छेकबार रहनुहुँदैन र सबैमा घुमफिर गर्ने अधिकार रहेको भन्दै सापकोटाले उक्त अधिकारको रक्षा गर्न सरकारले नीति नियम संशोधन गरि आबश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताए।

कार्यक्रमको सहयोगी संस्था एक्सेसिबल हिमालयजका प्रमुख उत्तम देउजाले पर्यटनमा सबैको पहुँच सुनिस्चित गर्न सरकारले अरु देशहरुबाट सिक्नुपर्ने बताए । होटल तथा अन्य सेबाप्रदायकहरु अपांगमैत्री बन्न ढिलो भइसेको बताउंदै देउजाले धेरै देशहरुमा अपांगता भएको व्यक्तिहरुको लागि छुट्टै टुर प्याकेजहरुको बिकास गरिएको बताए । ‘हामीले पुरा विश्वलाई बताउनुपर्छ कि अपांगता भएका व्यक्तिहरु पनि घुमफिर गर्न सक्छन् पर्यटकीय गतिबिधिमा रम्न सक्छन्,’ देउजाले भने ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघ, हिमालयन उद्दार संघ, काठमाण्डौ इन्भाईरेन्मेन्टल एजुकेशन कार्यक्रम, नेपाल एसोसिएसन अफ र्याफ्टिंग एजेन्ट्स, पर्यटन प्रहरी, गणेश हिमाल पर्यटन बिकास समिति, पर्यटन पत्रकार संघ नेपाल लगयातका संस्थाहरु साथै टान सदस्य कम्पनीहरु, पदाधिकारीहरु, कार्यसमिति सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७३ असोज १० सोमवार १६:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...