back
NMB ad

अब दुर्इ नयाँ रुटमा पनि चल्ने भो साझा, यी रुटका माइक्रो टेम्पो हट्ने !

Kumari bank ad

काठमाण्डौं । साझा यातायातले थानकोटदेखि सूर्यविनायक र बुढानिलकण्ठदेखि गोदावरीसम्मको दुर्इ नयाँ रुटमा सेवा दिने भएको छ। साझाले ल्याएको ३० नयाँ बसको यो मात्रै नयाँ रुट हुनेछ भने बाँकी संचालनमा रहेका रुटमा बस थपिनेछन्।

थपिएका नयाँ बस काठमाडौं महानगरपालिका र साझा यातायातको सहकार्यमा संचालनमा आउन लागेको हो। थानकोटदेखि सुर्यविनायक र बुढानिलकण्ठदेखि गोदावरीसम्म दुईवटा रुटमा नयाँ गाडीहरु सञ्चालन गर्न प्रस्ताव गरेको छ ।

भारतबाट केही साता अघि आइपुगेका यी गाडीको अहिले प्राविधिक टोलीहरुले परीक्षण गरिरहेका छन् । गाडीको परीक्षण, मर्मत, बिमा, चालक/सहचालकलाई तालिम लगायतका सबै काम सकिएपछि मात्र रुट परमिटका लागि आवेदन दिने साझाले जनाएकोछ ।

हाल साझाले नयाँ बसपार्कदेखि त्रिभुवन विमानस्थलसम्म ४, नयाँ बसपार्कदेखि लगनखेल बसपार्कसम्म ६ र लगनखेल बसपार्कदेखि बुढानिलकण्ठसम्म ६ गरी १६ वटा बसहरु सञ्चालन गरिरहेको छ।

१२ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १२ बुधवार १२:२० मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...