back
NMB ad

पाकिस्तानमा हुने सार्क सम्मेलनमा भारतले भाग नलिने, अन्य तीन राष्ट्रले पनि दिए साथ

Kumari bank ad

काठमाण्डौं । भारतले आउँदो कात्तिक २४ र २५ गते पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको सार्क सम्मेलनमा सहभागिता नजनाउने भएको छ । भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय सार्क अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराएको हो । भारतको यस निर्णयलाई साथ दिँदै वंगलादेश, भुटान र अफगानिस्तानले पनि सम्मेलनमा भाग नलिने बताएका छन्।

अन्तरदेशीय आतंक र आन्तरिक मामिलामा हस्तक्षेपको कारण सम्मेलनमा सहभागिता जनाउन नसक्ने भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले स्पष्ट गरेका हुन् । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ – एउटा देशले तयार गरेको वातावरणका कारण इस्लामावादमा हुने सार्क सम्मेलनमा सहभागी हुने अवस्था रहेन । भारत यस क्षेत्रको सहयोग, सम्पर्क र सम्बन्ध प्रतिवद्ध छ। तर यी सबै विषय तबमात्र अगाडि बढ्न सक्छन् जब आतंकरहित स्वच्छ वातावरण हुन्छ।

१८ भारतीय सैनिकको ज्यान जाने गरी जम्मु र कास्मिरको उरीमा आतंकवादी हमला भएपछि भारत र पाकिस्तानको सम्बन्धमा थप चीसोपन आएको छ।पाकिस्तानले भने भारतले बहिस्कार गर्नुलाई दुर्भाग्यपूर्ण जनाएको छ।

१२ असोज २०७३, १२।००

वि.सं.२०७३ असोज १२ बुधवार १२:४१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...