काठमाण्डौं । यसवर्ष दशैंमा जीउँदो खसीको मूल्य गतवर्षको भन्दा बढेकाले मासुको भाउ बढ्न पुगेकोछ । गतवर्षको दशैंदेखि नै खसीको मासु ८ सय रुपैयाँमा कारोबार भएकोमा यस वर्ष ९ सय ५० सम्म पुग्ने बताइएकोछ ।
बजारमा माग अनुसार खसीबोका आएपनि खसीको मासुको मूल्य घट्ने अवस्था नदेखिएको व्यवसायीहरु बताउँछन् । त्यसो त बजारमा दशैंमा दिनदिनै मूल्य तल–माथि हुने गरेकोछ ।
त्यस्तै, यसवर्ष दशैंमा कुखुराको मासु भने सुलभ मूल्यमै किन्न पाइने भएको छ । दशैंमा कुखुराको मासु र अण्डाको मूल्य भने खासै बढ्ने स्थिति छैन । कुखुरा उत्पादनमा नेपाल आत्मनिर्भर रहेको र कुखुराको माग पनि यो समयमा घट्ने भएकाले मूल्य नबढ्ने व्यवसायीको भनाइ छ । अहिले बजारमा कुखुरको मासुको मूल्य प्रतिकिलो २८० देखि ३ सय रुपैयाँसम्म छ ।
१२ असोज २०७३, १२।००
वि.सं.२०७३ असोज १२ बुधवार १५:३७ मा प्रकाशित