back
NMB ad

एक रिक्सा चालकका छोरा गोबिन्दले यसरी बदले भाग्य !

Kumari bank ad

‘म एकदमै निश्चित छु कि जति पनि युवाहरु छन् जो गरिबी र अभावका बीचमा हुर्किरहेका छन्, उनीहरुले जुनसुकै काम सजिलै सम्पन्न गर्न सक्छन् किनकी उनीहरुसँग त्यो हिम्मत र आँट छ ।’
यो भनाई एक रिक्सा चालकका छोराको हो, जो भारतीय प्रशासनिक सेवाको ४७४ जनामध्ये उत्कृष्ट ५० मा ४८ भित्र पर्न सफल भए र सन् २००६ देखि हरेक गरिब एवं हेपिएका भनेका भारतीय युवाहरुका लागि प्रोत्साहन र सफलताको मार्गदर्शक बन्न पुगे । ती व्यक्ति हुन् गोबिन्द जयसवाल । बनारसको कुनै एउटा क्षेत्रको कच्ची सडकमा रिक्सा चलाउने कको अक्षर पनि नजानेका व्यक्तिका छोरा हुन् गोबिन्द ।
उनी जब ११ वर्षका थिए, तब उनी एक धनी र समाजमा अलि नाम भएका एक व्यक्तिको घरमा खेल्न गए । किनकी ती व्यक्तिका छोरा गोबिन्दका साथी थिए । जब उनी खेलिरहेका थिए, त्यसको केही छिनमै उनलाई बेइज्जत गरियो र उक्त घरबाट निकालियो । यसका साथै ती व्यक्ति उनीमाथि चिच्याईरहेका थिए । ‘मेरो छोरासँग यहाँ आएर हाम्रो घरमा खेल्ने तेरो तेत्रो हिम्मत ? के तलाई थाहा छैन तँ को होस् र तँ कहाँ रहनुपर्ने हो ?’ ती व्यक्ति यस्तै कुराहरु गरिरहेका थिए । यसका साथसाथै ती व्यक्तिले अरु पनि केही भने जसले गर्दा गोबिन्दको सोच नै बदलियो ।
ती व्यक्ति चिच्याइरहेका थिए, तैले जति नै पढे पनि तँ रिक्सावालाकै छोरा रहन्छस् । धेरैभन्दा धेरै तेरो बाऊसँग एउटा रिक्सा छ तैले २ वा ५ ओटा बनाउँलास् तर तेरो इज्जत स्टेटस त्यहीको त्यही हो ।’ यो कुराले गोबिन्दलाई अति नै प्रभाव पा¥यो ।
एउटा प्रश्नले उनलाई सधैं पछ्याइरह्यो । ‘म त्यस्तो के गरुँ ? जसले गर्दा समाजमा हाम्रो पनि इज्जत होस्, मलाई र मेरो बुवालाई हेर्ने मानिसहरुको नजर परिवर्तन होस् ?’ यो सोचले उनलाई धेरै नै तनाव दियो । उनले यही कुरा एकजना नजिकका व्यक्तिलाई सोधे । उनले सहजै उत्तर दिए कि त तँ आफ्नो बुवालाई उनको पेशा परिवर्तन गर्न भन् या त तँ आफू ठूलो मान्छे बन ।
पहिलो विचार त्यस्तो सहज थिएन, उनी आफ्नो बुवालाई उनको पेशा परिवर्तन गर्न भन्न सक्दैन थिए । किनकी त्यो उनीहरुको परिवार चलाउने एउटा मात्र विकल्प थियो । त्यसपछि उनले दोस्रो उपाय रोज्ने विचार गरे । उनले भारतीय प्रशासनिक सेवामा छिर्ने लक्ष्य लिए । ११ वर्षका उनलाई त्यहाँ छिर्न कति मेहेनत गर्नुपर्छ र के के गर्नुपर्छ भन्ने कुराको कुनै ज्ञान नै थिएन । उनलाई मात्र यति थाहा थियो कि उनले मेहेनत गरेर पढ्नुपर्छ ।
बुवाको कमाईमा उनीहरुको मात्र एउटा कोठा थियो, दुई बहिनी, आमा बुवा र उनी त्यही कोठामा अटाउँथे । छिमेकबाट आउने प्रिन्टिङ मेसिन, जेनेरेटर र अन्य कुराहरुको हल्लाबाट बच्नका लागि उनी कानमा रुई राखेर पढ्न थाले । उनले आफ्नो सपना आफ्ना बुवालाई सुनाए । त्यसपछि उनले केही गरेर गोबिन्दका लागि गणितका शिक्षक खोजिदिए जोसँग गोबिन्दले ट्युसन पढ्ने मौका पाए ।
उनले सरकारी स्कुलमा अध्ययन गरे । त्यसपछि सरकारी क्याम्पसमा भर्ना भए । क्याम्पसमा भएको पुस्तकालयले उनलाई धेरै मद्दत ग¥यो । उनले मेहेनतका साथ डिग्री सके । त्यसपछि त्यतिन्जेलसम्म मेहेनत मजदुरी गरेर उनका पिताले जम्मा गरेको केही रुपैयाँ र आफ्नो नाममा रहेको एक मात्र जग्गा बेचेर जम्मा गरेको ४० हजार रुपैयाँ लिएर उनी दिल्ली गए ।
गोबिन्दले आफ्नो पिताको मेहेनत खेर जान नदिने प्रण गरे र दैनिक १८ घण्टा अध्ययन गर्न थाले । उनी कहिलेकाँही दिउँसो खाजा या त बेलुकाको खाना खाँदैन थिए ताकि उनको पैसा बचोस् ।
सन् २००६ मा उनले आइएसको परीक्षा दिए । २३ वर्षका उनले त्यो समयमा ४७४ जनामध्ये उत्कृष्ट ५० भित्र पर्न सफल भए । उनी ४८ औं नम्बरमा परेका थिए । अन्य मानिसहरुको जस्तो नभएर उनले पहिलो प्रयासमा नै नाम निकाल्न सफल भएका थिए । उनले एउटा अन्तरवार्तामा भनेका थिए, उनकी बहिनीले उनलाई बताए अनुसार आइएसको रिजल्ट हुनुभन्दा पहिला उनका पितालाई १० दिनसम्म रातमा राम्रोसँग निद्रा लागेको थिएन ।
गोबिन्द भन्ने गर्छन् कि मेहेनत गरेर अध्ययन गर्नु बोहक उनीसँग अन्य उपाय नै थिएन किनकी उनी चाहन्थे सबैले उनलाई र उनका पितालाई इज्जत दिउन् । उनको यो सफलताले उनको जीवन रातारात परिवर्तन गरिदियो । यसका साथै उनी अहिले भारतका हजारौं युवाहरुको प्रेरणाको स्रोत बन्न पुगेका छन् ।
गेबिन्दको जीवनबाट हामीले महत्वपूर्ण दुई कुरा सिक्न सक्छौं, एउटा, यदि कसैले तिमीलाई तिमी कहाँबाट आएको कस्तो मान्छे हो भनेर तिमीलाई घृणा गर्छ भने त्यसलाई सोचेर हरेश नखाउ एवं हिम्मत नहार बरु त्यसको सट्टा उनीहरुलाई अर्थपूर्ण जवाफ दिने काम गर । त्यो जवाफ तिम्रो कामबाट देऊ किनकी ती व्यक्तिहरु तिम्रो क्षमताको बारेमा अनभिज्ञ हुन्छन् ।
अर्को, दृढ शक्ति र इच्छा शक्ति कुनै पनि कुरा सम्पन्न गर्नका लागि अत्यन्त आवश्यक गुणहरु हुन् यसलाई चिन्ने प्रयास गर्नुपर्छ । अवस्थाहरुले हिम्मत हारेको बेलामा पनि आफूले धैर्यता लिनु नै ठूलो बुद्धिमानी हुन्छ ।

– इरादा पहाडी, एजेन्सीको सहयोगमा, ११असोज २०७३, २ : ००

वि.सं.२०७३ असोज १२ बुधवार १७:४९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...