back
NMB ad

विदेशी पाइलटलार्इ १६ लाख तलब, नेपालीलार्इ २ लाख !

Kumari bank ad

काठमाण्डौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किलले २ लाख रूपैयाँसम्म पारिश्रमिक हात पार्छन्। निजी वायुसेवाका पाइलटले त्यसको दोब्बरभन्दा बढी पाउँछन्।

सधै तलबभत्ता कम भयो भन्ने गुनासो गर्दै आएका निगमका पाइलटलाई अर्को आरिसलाग्दो खबर छ- निगमकै चिनियाँ जहाज उडाउन आएका एक विदेशी पाइलटले मासिक १६ लाख रूपैयाँ तलब खान थालेका छन्।

वर्षदिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको चिनीयाँ जहाज कमान्ड गर्न आएका न्यूजिल्याण्डका प्रशिक्षक पाइलट पेनिटालाई वायु सेवा निगमले मासिक १५ हजार अमेरिकी डलर १५ लाख ९० हजार रूपैयाँ तलब दिने सम्झौता गरेको छ।

आफूसँग रहेका एक मात्र प्रशिक्षक पाइलट आङनुरी शेर्पाले अमेरिकाको स्थायी बसोबास (ग्रिनकार्ड) रहेको भन्दै अकस्मात राजीनामा दिएपछि निगमले बाध्य भएर ठूलो रकम तिर्ने गरी ती पाइलट ल्याएको हो ।

‘एक वर्षदेखि थन्किएको जहाज उडाउन नसकेर आपतै परेपछि विदेशी पाइलटलाई महिनाको झन्डै १६ लाख रुपैयाँ दिने सम्झौता गरी काममा लगाएका छौं,’ सम्बद्ध एक अधिकारीले बुधबार नागरिकसँग भने, ‘आफ्नै पाइलटलाई भने अहिलेसम्म आकर्षक तलब दिन सकिएको छैन । अहिलेलाई बाध्य भएर विदेशीलाई त्यति दिनुप¥यो ।’

उनका अनुसार प्रशिक्षक पाइलट पेनिटासँग पहिलो चरणमा तीन महिना उडान गर्ने गरी सम्झौता गरिएको छ । उनलाई दैनिक ५ सय डलर ९५३ हजार रुपैयाँ० दिने सम्झौतामा उल्लेख छ । यस हिसाबमा उनले मासिक करिब १६ लाख रुपैयाँ हात पार्नेछन् ।

‘तीन महिनामा उनले निगमबाट ४५ हजार डलर (४७ लाख ७० हजार रुपैयाँ) पारिश्रमिक स्वरूप लानेछन्,’ ती अधिकारीले भने, ‘फेरि सम्झौता कस्तो छ भने चिनियाँ उडे पनि र नउडे पनि उनको पारिश्रमिक भने पाकिरहन्छ । तीन महिनामा एउटै उडान नभए पनि उनले सम्झौताअनुसारको रकम पाउँछन् ।’

उनका अनुसार आवश्यक परे तीन महिनापछि पनि पेनिटासँगको सम्झौताको म्याद थपिन सक्छ । बजार हिस्सा ओगट्न र उपस्थिति जनाइरहन पनि ठूलो रकम लगानी गरिएको हो । यो सुरुवाती लगानी हो ।

आकर्षक तलब पाएका प्रशिक्षक पाइलट पेनिटाले बुधबारै वाई१२–ई जहाज कमान्ड गरी दुई उडान भरेका छन् । यो जहाजले बुधबार बिहान काठमाडौंबाट पोखरा र भैरहवाका लागि एक–एक उडान गरेको हो । सिमरा उडान गर्ने पूर्वघोषणा गरिए पनि विविध कारण हुन नसकेको निगमको भनाइ छ ।

‘लामो प्रयासपछि वाई१२–ई जहाजले नियमित उडान सुरु गरेको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने, ‘न्युजिल्यान्डबाट प्रशिक्षक पाइलट आएपछि जहाज उडेको हो । यो जहाज उडाउन हामीसँग १० जना को–पाइलट भए पनि प्रशिक्षक पाइलट थिएनन्, त्यही भएर जहाज एक वर्षदेखि थन्किएको थियो ।’

उनका अनुसार प्रशिक्षक पाइलट पेनिटाले जहाज कमान्ड गर्दै तीन महिना निगमका को–पाइलटलाई निश्चित घन्टा उडाउँछन् र स्तरोन्नति गरी क्याप्टेन बनाउने छन् । त्यसपछि ती क्याप्टेनले जहाज कमान्ड गर्न पाउँछन् ।  सुरुआतमा यो जहाजबाट दैनिक तीन उडान गर्ने तालिका बनाइएको छ ।  आजको नागरिक दैनिकमा दबर छ ।

प्रकाशितः २०७३ असोज १३

वि.सं.२०७३ असोज १३ बिहीवार १०:१० मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...