back

दशैंमा मासु खाँदा ख्याल गर्नुहोस्, नत्र बिरामी परिएला !

काठमाण्डौं । दशैंको रौनक घरसम्म आइपुगेको छ । दशैंका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दशैं भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ ।

दशैंमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दशैंमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ । खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दशैंका समयमा अस्पतालमा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन बताउनुहुन्छ ।

खानपिनमा सामान्य ध्यान नदिँदा दशैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको उहाँले बताउनुभयो । “एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइदैन,” उहाँले भन्नुभयो ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापति रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘‘ दसैँमा मासु खाँदै नखाने भनी रोक्न सकिँदैन तर खाँदा सावधानी भने अपनाउनुपर्छ । बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने पनि गर्न सकिन्छ ।’’

क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान उहाँको सल्लाह छ । मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई भने दसैँमा खानै पर्छ भनी खसीको धेरै मासु एकै पटक नखान सल्लाह दिनुहुन्छ । उहाँले एक छाकमा तीन, चार टुक्रा मात्र मासु खाने, कोक, फेन्टाजस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर नपर्न सल्लाह दिनुभयो ।

अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई मधुमेह मात्र नभई अन्य रोगलाई पनि बढावा दिने डा भट्टराईको भनाइ छ । वरिष्ठ पोषणविद् डा अरुणा उप्रेती दसैँमा दीर्घरोगीले विशेष गरी खानपानमा ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

उहाँले ताजा र सफा मासु किन्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । “मासु पकाउँदा धरै चिल्लो, मसला राखी भन्दा पनि साधारण तरिका अपनाउनु पर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजाजस्ता समस्या हुने गर्छ,’’ उहाँले भन्नुभयो ।

प्रकाशितः २०७३ असोज १४

वि.सं.२०७३ असोज १४ शुक्रवार १५:५८ मा प्रकाशित

You can share this post!

ADBL
भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

वि.सं.२०८० जेठ २१ आइतवार १२:४१

काठमाडौं, २१ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा...

शेयर लगानीकर्ताको आन्दोलन फिर्ता, खुल्यो सेयर बजार

शेयर लगानीकर्ताको आन्दोलन फिर्ता, खुल्यो सेयर बजार

वि.सं.२०८० जेठ २१ आइतवार १२:२९

काठमाडौं, २१ जेठ । सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत...

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वि.सं.२०८० जेठ २१ आइतवार १२:०५

ताप्लेजुङ २१ जेठ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा...

घरभाडा नबढाउन आग्रह   

घरभाडा नबढाउन आग्रह   

वि.सं.२०८० जेठ २१ आइतवार ११:५६

चितवन, २१ जेठ ।  उद्योग वाणिज्य सङ्घ चितवनले व्यापारिक क्षेत्रको...

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

वि.सं.२०८० जेठ २१ आइतवार ११:३४

गण्डकी, २१ जेठ । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने...

लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा गरे तालाबन्दी

लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा गरे तालाबन्दी

वि.सं.२०८० जेठ २१ आइतवार १०:२९

काठमाडौं । पूँजीबजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै...