back
mega bank Ad
Hero Ad

राजनीतिक आडभरोसामा पर्यटन व्यवसाय गर्न भएन

विवाह गरेपछि जिम्मेवार बन्नैपर्छ भनेर …

पर्यटन क्षेत्रमा केहि गर्नुपर्छ भनेर उदाएका पर्यटन व्यवसायी नकुल देवकोटाको जन्म २०३५ सालमा गोरखा जिल्लाको मुचोक गाविसका भएको हो । सात वर्ष गाउँमै हुर्किएका उनी त्यसपछि काठमाडौ आएका हुन् । प्राथमिक तहको शिक्षा गाउँबाटै सुरु गरेका उनकले थप शिक्षा भने काठमाडौबाटै पुरा गरे । उनका बुबा भन्सारको जागिरे भएका कारण काठमाडौ बसाई सरेका देवकोटाको बाल्यकाल गोरखा र काठमाडौ दुवै स्थान हुँदै बित्यो ।

काठमाडौँ सिनामंगलबाट २०५२ सालमा उनले एसएलसीसम्मको अध्ययन सम्पन्न गरेका थिए । स्नातक अध्ययन गर्दा गर्दै देवकोटा पर्यटन क्षेत्रमा लागे । उनले पढ्दा पढ्दै विवाह गरे । विवाह गरेको व्यक्ति जिम्मेवार हुनैपर्छ भनेर उनीमा जागिर गर्नुपर्छ र आफ्नो खुट्टामा आफैं उभिनुपर्छ भन्ने लाग्यो । त्यसपछि पढाई र पर्यटनलाई सँगै अगाडि बढाउने भनेर उनको पर्यटनतिर झुकाव बढ्यो ।

बाल्यकालदेखि नै पर्यटनमा रुचि थियो

उनी विद्यार्थी हुँदा उनका दाईहरु पर्यटन क्षेत्रमै थिए । देवकोटाका दाईहरु होटेल व्यवसाय गरेर बसेका थिए । दाईहरुकै कारण पनि देवकोटा पर्यटनप्रति आकर्षित बने । उनी भन्छन्, ʽबाल्यकालको केहि समय गाउँमा बित्यो । त्यतिबेला मनास्लु क्षेत्रमा जान्थे । त्यो बेलाका पर्यटक देख्दा, टेन्टमा बसेको देख्दा र बाटोमा हिंडेको देख्दा बढो अचम्म लाग्थ्यो । त्यसले पनि मलाइ बाल्यकालदेखि नै पर्यटनमा रुचि थियो । ती बिदेशीहरु कहाँ जाँदै होलान् ? कति रमाईलो गरेर हिंडेका होलान् भन्ने लाग्दथ्यो । व्यवसायमा आईसकेपछि थाहा भयो कि पदयात्रीहरु नेपालको हिमश्रृंखला, नेपालमा भएका साँस्कृतिक क्षेत्रहरुलाई माया गर्ने बिदेशी पर्यटक रहेछन् ।

दुःख छ कि सुख छ भनेर पर्यटनमा !

मुख्यरुपमा उनका दाईहरु पर्यटनमा रहेकाले पनि उनी दाईहरुका कारण पर्यटन क्षेत्रप्रति उत्प्रेरित बने । सन् २००० बाट प्रत्यक्षरुपमा उनी पर्यटनमा लागे । सुरु सुरुमा पर्यटन के रहेछ ? दुःख छ कि सुख छ भनेर पर्यटनमा लागेको उनी बताउँछन् । उनी भन्छन्, ʽजब हामी बिदेशीहरुसँग हुन्छौं । हामीभन्दा उनीहरु हरेक क्षेत्रबाट अगाडि छन् । उनीहरु शिक्षाका दृष्टिकोणले अगाडि छन् । अनुभवका दृष्टिकोणले अगाडि छन् । बैदेशिक यात्रामा अगाडि र हरेक क्षेत्रमा अगाडि छन् । उनीहरुको जुन अनुभव सुन्दथें । त्यसले ओहो रमाइलो पेशा रहेछ । यो पेशा गर्दा खासै समस्या पनि हुन्न होला । पैैसा पनि कमाइन्छ होला । यसले आर्थिक उपार्जनमा पनि सहयोग गर्छ होला भन्ने लाग्दथ्यो । त्यसले नै पर्यटन क्षेत्रमा लाग्नलाई उत्प्रेरित बनायो ।ʼ

एक बिदेशीलाई दाईसँग भेटाउँदा पाएको दश हजारले…

nakul devkota tourism interpenuer

उनी पढ्दै थिए । पढाइको सिलसिलामा उनले एक दिन एक बिदेशीलाई दाईको होटेलमा भेटे । देवकोटालाई ट्रेकिङ लगायत पर्यटनका कुरा थाहा थिएन । अंग्रेजी भाषामा पनि उनी कमजोर नै थिए । ती बिदेशीसँग सामान्य कुराकानी गर्दै जाँदा ती व्यक्ति त ट्रेकिङ जान चाहेका रहेछन् भन्नेकुरा देवकोटाले पत्ता लगाए । त्यसपछि देवकोटाले ती बिदेशी नागरिकलाई उनको दाईहरुसँग भेटाए । र ती बिदेशी नागरिकले पनि ट्रेकिङ जान चाहेको खुलाए । दाईहरुले ती बिदेशीसँग कुरा गरे । त्यसपछि उनका दाईहरुले भाईले परिश्रम गरेर बिदेशीलाई हामीकहाँ ल्यायो भन्ने सोचेर देवकोटालाई पारिश्रमिक दिलाए । त्यो बिदेशीले दिएको व्यापारिक लाभबाट उनले दाईहरुमार्फत १० हजार रुपैंया पाए । त्यतिबेला पढ्दै गरेको अवस्थामा एक्कासी १० हजार रुपैंया हातमा पर्दा उनी अक्क न बक्क भए । उनले सोच्दै नसोचेको रकम हाता पर्यो । उनले दाईहरुलाई मलाई के को पैसा दिनुभएको भनेर प्रश्न पनि गरे । उनका दाईहरुले तिमीले गरेको दुःखको पारिश्रमिक भनेर दिए । खासमा उनले त्यति ठूलो दुःख र परिश्रम केहि गरेका थिएनन् । सामान्य कुरा गर्दा त १० हजार रुपैंया पाइयो अब किन नलाग्नु भनेर पर्यटनमा लाग्ने निर्णय गरे । यो पेसा रमाईलो, पैसा पनि कमाउन सकिने र फाईदाजनक छ भन्ने लागेर जीवनभर उनले पर्यटनमै लागिरहने प्रतिबद्धता जनाए । १० हजार पारिश्रमिक पाएकै कारण त्यसबाटै पाएको उत्प्रेरणाले उनी आज एक उदीयमान पर्यटन व्यवसायीको रुपमा अगाडि आएका छन् ।

होटलको रिसेप्सनबाट काम सुरु गरी पर्यटन व्यवसायमा…

त्यसपछि उनलाई पर्यटन व्यवसायी हुन मन लाग्यो । व्यवसायी बन्न त पर्यटनका आधारभुत कुराहरु जान्नुपर्छ भनेर उनले होटलको रिरेप्सनबाट काम थाले । रिसेप्सनमा काम गर्दा गर्दै बिदेशीहरुसँगको छलफल र उनका दाईहरुसँगको संगतले उनी पर्यटन व्यवसायी बने । २००० देखि पर्यटन क्षेत्रमा लागेका उनले २००७ मा कोर्सा नेपाल एड्भेन्चर प्राईभेट लिमिटेड खोले । लाङटाङ, मुक्तिनाथ क्षेत्र, एभरेष्ट लगायत क्षेत्रमा ट्रेकिङका सिलसिलामा उनी पुगेका छन् ।

सामाजिक सेवा, शिक्षामा सहयोग

उनले व्यक्तिगतरुपमा गोरखाको आफ्नै जन्मथलोमा सामाजिक सेवाका कार्यहरु गर्दै आएका छन् । हाल देवकोटाले उनी जन्मिएर ६÷७ वर्ष हुर्किएको ठाउँ र सुरुमा शिक्षा लिएको बिद्यालयमा सम्पूर्ण शैक्षिक सामाग्री र खेलकुदका सामाग्रीका साथै आफ्नै खर्चमा बिद्यालयमा शिक्षकको व्यवस्थापन गरिदिएका छन् । गरिब परिवारका लागि राम्रो शिक्षा र अभिभावकलाई आर्थिक भार नपरोस् भनेर बिद्यालयमा सरकारले दिने शैक्षिक सामाग्री बाहेक सम्पूर्ण शैक्षिक सामाग्री प्रदान गर्दै आएको उनी बताउँछन् । उनी भन्छन्, ʽम जन्मेको गाउँ र त्यहाँको बिद्यालयमा पिछडिएका दलितका बच्चा पढ्छन् । मैले आफ्नै खर्चमा शिक्षक राखेको छु । बिद्यार्थीले घरबाट लेख्ने कापी पनि नहुने देखेपछि प्राथमिक विद्यालयका करिब ८० बिद्यार्थीहरुलाई प्रत्येक वर्ष शैक्षिक सामाग्री प्रदान गर्दै आएको छु । सन् २००६ देखि आजसम्म यो कामलाई निरन्तरता दिईरहेको छु ।ʼ

व्यवसायीले राजनीतिक आडभरोसामा व्यवसाय गर्न भएन

पर्यटनमा लागेर जीवन सन्तुष्ट बताउने देवकोटा पर्यटन क्षेत्र र देशको समग्र आर्थिक विकासमा सबै मिल्नुको विकल्प देख्दैनन् । उनी भन्छन्, ʽराजनीतिक स्थिरता हुनुपर्यो । राज्यले प्रकृतिले दिएका कुराहरुको संरक्षण गर्नुपर्यो । जो व्यवसायमा छन् व्यवसायी भएर पूर्णपमा राजनीतिक आडभरोसामा व्यवसाय गर्न भएन । र जुन पर्यटकको संख्या बढाउने भनेर जुन हिसाबले भिजिट नेपाल १९९८ मा पर्यटनको प्रबद्र्धनको काम गरिएको थियो । त्यो समयमा नेपालमा १० लाखभन्दा बढि पर्यटक भित्रिएका थिए । विस्तारै देशमा द्वन्द सुरु भयो । त्यसपछिका दिनमा पनि पर्यटकहरु नआएका होईनन् । आएका थिए । तर २०६२÷६३ को आन्दोलन र संबिधान बनाउने नाममा आठ÷दश बर्ष त्यसै बित्यो । त्यहि राजनीतिक अस्थिरताका कारण पर्यटकको आगमन घटेको छ । मन्त्रालय र पर्यटन बोर्डले पर्यटक बढेको आँकडा दिन्छ । तर त्यो केहि बढेको छैन । मात्र एउटा व्यक्ति जो संघर्ष गरेर पर्यटनमा आएको छ उसबाट खुसी र सन्तुष्ट भएर गएका पर्यटकले गरेका प्रबद्र्धन र प्रचार प्रसारले तिनीहरुबाट आएका मानिसहरु मात्रै बढेका हुन् ।ʼ

सरकारले केहि नगर्दा दुःख लाग्छ

उनी भन्छन्,ʽयहाँ सरकारले केहि गरेको छैन । सरकारले गरेको भनेको कुनै एक देश÷ठाउँमा गएर त्यहाँ आफ्ना कार्यकर्तालाई लैजान्छन्, खान्छन्, अनि एउटा सानो सेमिनार हलमा बैठक गर्छन् । त्यहि नै हो तिनीहरुले अरु केहिपनि गर्दैनन् ।ʼ वास्तवमै देशमा पर्यटक ल्याउने हो भने अन्तर्राष्ट्रिय मिडियामा प्रचार प्रसार बढाउनुका साथै पर्यटकलाई सुरक्षाको प्रत्याभूति हुनुपर्यो ।

(पर्यटन व्यवसायी नकुल देवकोटासंग कुराकानीमा आधारित)
प्रकाशित मितिः २०७३ असोज १४

वि.सं.२०७३ असोज १४ शुक्रवार १८:२५ मा प्रकाशित

You can share this post!

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा, साउनयता मात्रै २५ सय पुगे

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा, साउनयता मात्रै २५ सय पुगे

वि.सं.२०७९ कात्तिक २८ सोमवार १४:०२

सुर्खेत । डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।...

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति ?

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १६:३०

काठमाडौं । कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १०...

नाट्टाको एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन

नाट्टाको एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन

वि.सं.२०७९ कात्तिक १७ बिहीवार १३:३४

काठमाडौं । पर्यटन व्यवसाय विकास र विस्तारका लागि आवश्यक सिपयुक्त...

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

वि.सं.२०७९ असोज ३१ सोमवार १४:०६

लमजुङ । सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँको मुहार फेरिएको छ...

अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

वि.सं.२०७९ असोज २७ बिहीवार १६:४४

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेको हिमपात र...

पर्यटकीय गन्तव्य काउलेपानी

पर्यटकीय गन्तव्य काउलेपानी

वि.सं.२०७९ असोज २३ आइतवार ०७:०५

लमजुङ । नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङ जिल्लाको...