back
mega bank Ad
Hero Ad

इपिएल टी–ट्वान्टी क्रिकेटः पञ्चकन्याद्धारा विशाल दुई विकेटले पराजित

काठमाडौ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा पञ्चकन्या तेजले विशाल वारियर्सलाई दुई विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सो प्रतियोगितामा पञ्चकन्याले विशाललाई पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको पञ्चकन्याले पाँचै खेलमा जित हासिल गर्दै १० अङ्क जोडेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको विशालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रनको योगफल तयार गर्यो । जवाफी ब्याटिङमा उत्रेको पञ्चकन्याले विशालले दिएको १४३ रनको लक्ष्यलाई २० ओभरमा २ विकेट गुमाउँदै भेटायो ।

विशालका लागि सागर पुन ४४, मञ्जीत श्रेष्ठले ४० रन तथा कप्तान पारस खड्काले २७ रन तथा जोडेता पनि त्यो जितका लागि पर्याप्त भएन । पञ्चकन्याका सुशील कँडेल र भुवन कार्कीले समान दुई÷दुई विकेट लिए भने करण केसी र दीपेन्द्र सिंह ऐरीले समान एक÷एक विकेट लिए ।

पञ्चकन्याका आरिफ शेखले ४७ रन, पृथु बाँस्कोटाले २४ रन तथा सोनु तामाङले १४ रनको योगदान दिए । विशालका दिपेश श्रेष्ठले ४ विकेट लिए भने रामनरेश गिरीले दुई तथा सुशन भारी र सागर पुनले समान एक÷एक विकेट लिए । चार खेल खेलेको विशाल ५ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ ।

सोही मैदानमा आजै भएको पहिलोे खेलमा कलर्स एक्स फ्याक्टर्सले सुपर ओभरमा जगदम्बा राइनोजलाई पराजित गर्दै विजयी भएको थियो ।

प्रकाशित मितिः २०७३ असोज १४

वि.सं.२०७३ असोज १४ शुक्रवार २०:२१ मा प्रकाशित

You can share this post!

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:४४

काठमाडौं । सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा...

कालिन्चोक दर्शनको आइपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ अपडेट

कालिन्चोक दर्शनको आइपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ अपडेट

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:३३

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गते बुधवारबाट निष्कासन...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...

काठमाडौंका डान्स, दोहोरी रेष्टुरेन्ट र लाउन्ज एण्ड बार बिहान दुई बजेसम्म खोल्न पाइने

काठमाडौंका डान्स, दोहोरी रेष्टुरेन्ट र लाउन्ज एण्ड बार बिहान दुई बजेसम्म खोल्न पाइने

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:३३

काठमाडौं ।  काठमाडौं उपत्यकाका डान्स, दोहोरी रेष्टुरेण्ट र लाउन्ज एण्ड...

ऐडी हत्याको दोषी पत्ता लगाउन माग गर्दै अनेरास्ववियुद्वारा विरोध

ऐडी हत्याको दोषी पत्ता लगाउन माग गर्दै अनेरास्ववियुद्वारा विरोध

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:१७

काठमाडौं ।  अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीको हत्या...

४९ हजार ७ कित्ता बिक्री भयो एनएमबी बैंकको सेयर, प्रतिकित्ता कति ?

४९ हजार ७ कित्ता बिक्री भयो एनएमबी बैंकको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:०२

काठमाडौं । बिहीबार एनएमबी बैंकको सेयर मूल्य बढेको छ ।...