back

अदुवा निर्यात गर्न नपाउँदा किसान चिन्तित !

Kumari bank ad

काठमाण्डौ । भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन्।

भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन्। गोठादीका किसान तेजबहादुर सारुले सात रोपनी क्षेत्रफलमा लगाएको अदुवा बिक्री गर्न नपाउँदा चिन्ता व्यक्त गर्छन्।

गतवर्ष भारतीय नाकाबन्दीले सात लाख भन्दा बढी नोक्सानी ब्यहोरेका सारुले यसवर्ष गाउँमा भारतीय व्यापारी अदुवा खरिद गर्न नआएको बताए।

यहाँका किसानले दसैँ पर्वलाई लक्षित गरेर अदुवा उत्पादन गर्दै आएकोमा यसवर्ष गाउँमा व्यापारी नआउँदा कसरी चाड मनाउने भन्ने चिन्ताले पिरोलेको किसान श्यामबहादुर दर्लामीले गुनासो गरे।
जिल्लाको मुख्य नगदेबालीका रुपमा स्थापित अदुवा खेतीलाई विस्तारका क्रममा सरकारले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत उद्योग वाणिज्य सङ्घ मार्फत अदुवाखेतीका लागि प्रवद्र्धन गरिएको छ। दुई नगरपालिकाबाहेक ६० गाविसका दश हजार भन्दा बढी घरपरिवार प्रत्यक्ष रुपमा अदुवाखेतीमा संलग्न भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

भैरवस्थान, पालुङ, मैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङ्दी गाविसलाई पकेटक्षेत्रको रुपमा विकास गरिएको छ।

कोलडाँडा सत्यवतीका किसान देवबहादुर चिदीले पनि गतवर्ष ठूलो नोक्सान बेहोरे पनि यसवर्ष दश रोपनी क्षेत्रफलमा अदुवाको उत्पादन राम्रो भएको बताए।

उत्पादित अदुवा बुटवल बजारमा ८० रुपैयाँदेखि १०० रुपैँया प्रतिकेजीका दरले बिक्री हुने गरेको छ।

जिल्लामा यसवर्ष एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवाखेती गरिएको छ। कोलडाँडाका किसान जीतबहादुर सारुले अन्यखेतीका तुलनामा अदुवाखेती गर्न सजिलो भए पनि पछिल्लो समय बिक्री गर्न समस्या भएको बताए।

विगत दुई दशक अगाडिदेखि गाउँ÷गाउँमा पुगेर अदुवा खरिद गर्दै आएका भारत गोरखपुरका व्यापारी सुरेश महासेठले यसवर्ष भारतमै अदुवाको उत्पादन हुन लागेकाले व्यापारी खरिद गर्न नआएको बताए।

पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा जिल्लामा उत्पादित अदुवा भारतको उत्तर प्रदेश राज्यका बजारमा मात्र खपत हुने गरेको उनले बताए।

सत्यवतीका किसान गुनबहादुर सिञ्जालीले छोराछोरीको बिहेमा लागेको ऋण तिर्नका लागि झन्डै ३० रोपनी जग्गा भाडामा लिएर अदुवा लगाएका छन्। ‘ऋण काढेरै भए पनि बीउ किनेर अदुवा लगाएँ, उत्पादन पनि राम्रै छ तर बजार नपाउँदा निकै तनाव भयो’ उनले भने।

अहिलेको मूल्यमा बिक्री गर्न सकियो भने २० लाख बारबरको उत्पादन हुने र बिक्री गर्न सहज भएको खण्डमा ९० प्रतिशत नाफा हुने उनको भनाइ छ ।

प्रकाशितः २०७३ असोज १५

वि.सं.२०७३ असोज १५ शनिवार १६:०६ मा प्रकाशित

You can share this post!

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:३२

बेइजिङ, २५ मङ्सिर : आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार...

हुलाकी सडकले फेरिँदै जनजीवन   

हुलाकी सडकले फेरिँदै जनजीवन   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:२३

भेषराज बस्नेत राँझा (बाँके), २५ मङ्सिर : बाँकेको राप्ती सोनारी...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...