back
NMB ad

पाल्पाका एक युवाको सफलताको कथा : गुगल भए अरु किन खोज्ने ?

Kumari bank ad

पाल्पा। पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् ।

हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न सफल भएका हुन् । गुगलमा हाँस र टर्की पालन गर्ने तरिका सिक्नका लागि पाण्डेयले करिब एकवर्षदेखि इन्टरनेट प्रयोग गर्दै आएका हुन् ।एक बिगाहा क्षेत्रफलमा हाँस तथा टर्कीको फार्म सञ्चालन गरेका पाण्डेय पहाडी जिल्ला पाल्पामा समेत हाँस र टर्की पालन व्यवसायमा सफल बन्दै यस क्षेत्रकै नमुना बनेका छन् ।

एक वर्षअघिदेखि टर्की र हाँस पालन सुरु गरेका पाण्डेयले गुगलको सहयोग लिएर एक हजार ५०० हाँसको रेखदेख र २०० टर्कीको चल्ला हुर्काउन सफल भएपछि उनमा थप उत्साह थपिएको छ ।पाण्डेयले नयाँ नयाँ जातका कुखुराको अध्ययन र अनुसन्धान गरिरहेका छन्  । पचास वटा टर्की हुर्काएर प्रतिकिलो रु ९०० देखि रु एक हजार २०० मा घरबाट नै निकासी हुँदै आएको छ । टर्कीको मासुको खपत सहज रुपमा हुने र पोखरा, बुटवल, काठमाडौँमा बिक्री हुने गरेको उनले बताए ।

सुरुमा टर्कीको चल्ला फ्रान्सबाट ल्याएर व्यवसाय सञ्चालन गरेका पाण्डेय अहिले पोखराबाट टर्कीको चल्ला ल्याउन पाउँदा खुसी छन् । कक्षा–१२ सम्मको अध्ययन गरेका पाण्डेय व्यावसायिक पक्षी फार्मको विकास गर्ने लक्ष्य लिएको बताउँछन् । पहिलो पटक जिल्लामै यति धेरै हाँस पालन गरेका पाण्डेयले  मेहनत कम धेरै आम्दानी लिन सकिने व्यवसाय रहेको बताउनुहुन्छ ।

हाँसको रोग प्रतिरोधात्मक शक्ति बढी हुने र कम क्षति हुने हुँदा यसबाट राम्रो फाइदा लिन सकिने उनी बताउँछन्। यहाँ उत्पादित हाँसको तानसेन, खहरे, बुटवल, पोखरामा प्रतिकिलो रु ५०० देखि ६००मा बिक्री हुने गरेपछि पाण्डेयलाई हाँस र टर्की पालन गर्नका लागि थप मेहनत र जाँगर मिलेको छ ।

१६ गते २०७३, ११।००

वि.सं.२०७३ असोज १६ आइतवार ११:३३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...