back
mega bank Ad
Hero Ad

अब शिक्षकले नै शिक्षण संस्था बन्द गर्ने !

काठमाण्डौं । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे दशैंतिहार लगत्तै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

आज आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको छ । आगामी कार्तिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजेदेखि धर्ना दिने समितिले जनाएको छ । त्यस्तै कार्तिक ३,४ र ५ गते रिले अनसनमा बस्ने र कार्तिक ४ र ५ गते उपत्यकाभित्रका सम्पूर्ण सामूदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने समेत चेतावनी दिएको छ ।

शिक्षा ऐन २०७२ अनुसार ०७२ असोज २ गतेसम्मका सम्पूर्ण अस्थायी शिक्ष्कलाई स्थायी प्रक्रियामा लैजानुपर्ने, उमेरहदका कारण अवकाशमा परेका स्थायीको प्रक्रियामा पर्न नसकेका शिक्षकलाई औषधि उपचार र उपदानको सुविधान दिनुपर्ने, द्धन्द्धपीडित तथा विस्थापित शिक्षकलाई निश्काशित सेवा अवधि गणना हुने गी पूनर्वहाली तथा स्थायी गर्नुपर्ने लगायतका ५ बुँदे मागहरु समितिले अघि सारेको छ ।

१६ असोज २०७३, ३।००

वि.सं.२०७३ असोज १६ आइतवार १५:३५ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...