back

तीन अर्बको खसीबोका र राँगा भैसी आयात

Kumari bank ad

काठमाडौँ। यस वर्ष नेपालमा तीन अर्ब तीन करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भैंसी, खसीबोका र बाख्रा आयात भएको छ ।

भन्सार विभागले  आव ०७२/७३ मा प्रकाशित गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका दुई देश भारत र अस्ट्रेलियाबाट उक्त चौपाय मासुका लागि आयात भएको उल्लेख छ ।

भारतबाट राँगा र भैँसी दुई लाख  ४७ हजार २२५, खसीबोका र बाख्रा २६ लाख ४८ हजार ५४१ र अस्ट्रेलियाबाट चार लाख  ७९ हजार १३४ वटा खसीबोका र बाख्रा आयात गरिएको थियो । सबैभन्दा धेरै भारतबाट जम्मा रु तीन अर्ब ४१ लाख ९८ हजारको र अस्ट्रेलियाबाट खसीबोका र बाख्रा गरी रु तीन करोड ४८ लाख ८९ हजारको आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

गत पुस ९ गते पशुपन्छी विकास मन्त्रालय गठन पछि मन्त्रालयले औपचारिक रुपमा यसअघि अन्डामा एक, दूधमा दुई र मासुमा तीन वर्षभित्र आत्मनिर्भर भइसक्ने जनाए पनि मासुमा परनिर्भरता बढ्दै गएको देखिन्छ । तीन महिनाअघि मन्त्रालयले सार्वजनिक गरेको ४० बुँदे प्रतिबद्धताअनुसार आगामी तीन वर्षभित्र नेपाल मासुमा आत्मनिर्भर हुने मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

यहाँ प्रतिव्यक्ति प्रतिवर्ष  ११ केजी मासु खाने गरेको पाइन्छ  । तर विकसित मुलुकमा १४ केजी मासु खाने चलन छ । विकसित मुलुकको दाँजोमा स्थापित हुन हाल खाइआएको मासुमा ४५ प्रतिशतले उत्पादन बढाउनुपर्ने हुन्छ । पशुपन्छी पालनको क्षेत्रबाट कुल गार्हस्थ्य उत्पानदनमा ११ प्रतिशत र कुल कृषिको गार्हस्थ्य उत्पादनमा करिब २६ दशमलव शून्य आठ प्रतिशत योगदान छ ।

मासुमा मुलुक आत्मनिर्भर छैन । पुगनपुग कुखुराको मासुमा आत्मनिर्भर भए पनि माछामा ७०, राँगामा ६० र खसीबोकामा ७० प्रतिशत मासु भारतबाट आयात भइरहेको पशुपन्छी विकास विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार ०७१÷७२ मा माछाबाहेक कुल दुई लाख ९८ हजार दुई सय ४४ मेट्रिक टन मासु उत्पादन भएको छ । जसमध्ये राँगा÷भैँसीको एक लाख ७३ हजार ९०६, खसी बोका ५९ हजार ५३, बङ्गुर १९ हजार २६९, कुखुरा ४३ हजार १३३, भेडा÷च्याङ्ग्रा दुई हजार ६५६ र हाँस २२७ मेट्रिक टन उत्पादन भएको थियो ।

प्रकाशित मितिः २०७३ असोज १६

वि.सं.२०७३ असोज १६ आइतवार १८:५१ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...