back
NMB ad

खसिको मासु भनेर बजारमा बाख्रीको मासु !

Kumari bank ad

उपभोक्ताहरु मूल्य, गुणस्तर र तौलमा दिन दुगुना रात चौगुना ठगिरहेका छौं

विशेषगरी नेपाली उपभोक्ताले दशैं, तिहार लगायत चाडबाडमा वस्तु र सेवाको उपयोग गरिरहँदा मूल्य र गुणस्तरमा दिन दुगुना रात चौगुना ठगिरहेका छन् । लामो यात्रा गर्दै राजधानी छोडेर लाखौं उपभोक्ता÷यात्रुहरु आफ्नो गन्तव्यमा जाँदैछौं । तर हामीले सिटको क्षमताभन्दा बढि गाडीमा नबसिदिने गरौं । राजमार्गका होटहरुमा खाना खाँदाखेरी पनि त्यहाँको भान्साको सरसफाई छ कि छैन हेर्ने गरौं । सरसफाईमा कत्तिको ध्यान दिएको छ ? एप्रोन लगाएर भान्साको काम गरेको छ कि छैन ? ती होटेलहरुमा खाद्य प्रबिधिले वितरण गरेको हरियो, पँहेलो, रातो कुन वर्गीकरणको स्टिकर टाँसेको छ । त्यसलाई ख्याल गरेर खाना खाजा खाने गरौं ।

दशैमा धेरै सामाग्री किन्दैमा समाजमा प्रतिष्ठित भर्इंदैन

अर्काे महत्वपूर्ण पाटो दशैंका लागि चाहिने खाद्यवस्तु र लत्ताकपडा खरिद गर्दा प्याक गरिएका सामान छन् भने त्यसको उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल, ब्याच नं, उत्पादकको नाम, ठेगाना राम्रोसँग हेर्ने, खुल्ला सामाग्रीहरु छन् भने राम्रोसँग त्यसको तौल गरेर, गुणस्तरको बारेमा बुझेर मात्र लिने काम गर्नुपर्छ । त्यस्तै चाडबाडमा चिल्लो पिरो कम खाने, तेलहरु किन्दा कुन कम्पनीको हो ? नाम चलेका कम्पनीको तेल मात्र प्रयोग गर्नुपर्यो । भर्खर बजारमा आएका तेल, घ्यूहरु प्रयोग गर्नुहुँदैन । हामीले चाडबाडलाई तडकभडक होईन आफ्नो क्षमताअनुसार गर्ने गर्नुपर्छ । ऋणधन गरेर बढि महंगा–महंगा सामान लिनुहुँदैन । धेरै सामाग्री किन्दैमा समाजमा प्रतिष्ठित भईदैन भन्ने कुराको मनोभावनालाई उच्च कदर गर्दै, दशै, तिहार, छठ मनाउँदा उपयुक्त हुन्छ ।

मौसमी अनुगमनले वस्तु र सेवा क्षेत्रमा कहिल्यै शुद्धिकरण हुन सकेन

राज्यको निकायहरुले विशेषगरि आपूर्ति र मागको सम्बन्धमा बजारलाई सुक्ष्म तरिकाले अध्ययन नगर्ने, संचारमाध्यम र अधिकारकर्मीहरुले दिएको दबाबका आधारमा मात्रै मौसमी अनुगमन गर्ने परिपाटीले नेपालको वस्तु र सेवा क्षेत्रमा कहिल्यै शुद्धिकरण हुन सकेन । तपाई हामीले परिकल्पना गरेअनुसार बजार स्वच्छ, प्रतिष्पर्धि र उपभोक्ता मैत्री बन्न सकेन ।

मूल्य, गुणस्तर र नापतौलमा ठगिने कामको अन्त्य हुनैपर्छ

राज्यले उपभोक्ता हितका लागि बजारमा हुने यस्ता किसिमका उपभोक्ता हित विपरितका कार्यहरुलाई अन्त्य गराउन लाग्नुपर्छ । बजार स्वच्छ र प्रतिष्पर्धि कायम गर्नको निमित्त, अखाद्य वस्तुहरुको उत्पादन बेच–बिखन र भण्डारण न्यूनिकरण गर्नको निमित्त राज्यले काम गर्नुपर्छ । अहिले उपभोक्ताहरु मूल्य, गुणस्तर र नापतौलमा ठगिएका छन् । त्यसलाई अन्त्य गराउनै पर्छ ।

व्यवसायीले म अन्य हजारौं वस्तुको उपभोक्ता हो भन्ने बुझ्नुपर्यो

संयुक्त बजार अनुगमन निर्देशिका २०६९ ले निर्दिष्ट गरेका विभागहरु, विशेषगरी आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर नापतौल, औषधी व्यवस्था विभाग, कृषि, पशु, काठमाडौ महानगरपालिका लगायत ती निकायहरुले निकायगतरुपमा आफ्ना जिम्मेवारीहरु इमान्दारीतापूर्वक बहन गर्नुपर्ने देखिन्छ । वस्तु र सेवामा आबद्ध भएका व्यवसायीहरुले पनि म अन्य हजारौं वस्तुको उपभोक्ता हो भन्ने किसिमको भावना बोकेर त्यो भावनालाई आत्मसाथ गरेर इमान्दरीतापूर्वक आफ्नो व्यवसाय संचालन गर्नुपर्ने देखिन्छ ।

बजारमा सामान किनेर फर्कंदा सर्वस्व लुटिएं भन्नुपर्ने….

विशेष गरेर काठमाडौकै सन्दर्भमा कुरा गर्ने हो भने पनि काठमाडौ र मुख्य मुख्य शहरमा उपभोक्ताका लागि कुनैपनि शिक्षकको आवश्यकता पर्दैन । त्यहाँको बुझेका उपभोक्ताले आफ्ना अधिकारका कुरालाई एउटा सामान्य कुराको रुपमा लिईदिने कार्य गर्न भएन । खचाखच भरिएका बसमा यात्रा नगरिदिने, सामान किन्दा उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल र ब्याच नं हेर्ने र खुल्ला समाग्री छन् भने पनि राम्रो सँग तौलेर, जोखेर लिने परिपाटीको विकास नभएसम्म यो बजार, बजार बन्न सक्दैन । बजारमा नागरिक आफ्नो किनमेल गरेर घर फर्किंदा म आज सर्वस्व लुटिएँ भन्ने किसिमको हिनताबोध सहित लुटिएँ, ठगिएँ भनेर निराश भएर घर फर्कनुपर्ने अवस्था छ ।

राज्यले नै गलत काम गर्नेलाई प्रश्रय दिईरहेको

मुख्य दोष भनेको राज्यको छ । किनभने राज्यले उपभोक्ता हित र संरक्षणका लागि जारी भएका दर्जनौं नियम कानुनको समयसापेक्ष परिमार्जन नगर्ने, समयसापेक्षरुपमा त्यसलाई सार्थक र प्रभावकारी कार्यान्वयन नगर्ने, गल्ती गरेका र दोषी देखिएका व्यवसायीलाई पनि दण्डित नगर्ने परिपाटीले राज्यले नै गलत काम गर्नेलाई प्रश्रय दिईरहेको र प्रोत्साहन गरिरहेको छ कि भन्ने किसिमको एउटा अनुभुती अहिलेको बजारले हामीलाई सिकाईरहेको छ ।

हरिया तरकारी र फलफूलमा अस्वभाविक मूल्यवृद्धि

विगतको तुलना गर्ने हो भने पछिल्लो चरणमा खाद्यान्न, तेलहन लगायतमा ठूलो मात्रामा मूल्यवृद्धि भएको छैन । हरिया तरकारी, माछा, मासु र फलफुलमा मूल्य अस्वभाविकरुपमा वृद्धि भएको छ ।

गैरी खेत बाँझो राखेर काठमाडौका चोकमा पराग बेच्ने !

पाखुरामा बल भएका युवाहरु बिदेश जाने, आफ्ना परिवारलाई शहर ल्याएर राख्ने प्रचलन छ । त्यसपछि बिदेशबाट पठाएको रेमिट्यान्स रकमले किनेको चामल खाने गरेका छन् । यता आफ्ना गैरी खेत बाँझो राख्ने ती व्यक्तिहरु काठमाडौका चोकमा आएर नाङ्ग्लामा दुई लहरी पराग, दुई पत्ता सूर्ती र चुरोट बेच्ने परिपाटी छ ।

कृषिप्रधान मुलुकको नारा रटाएर पढाउने तर उत्पादन नबढाउने…

गाउँका उत्पादन हुने जमिन बाँझो हुँदै गएको छ । हाम्रा जमिनमा उत्पादन नहुने र हामी सबै वस्तुमा परनिर्भर हुने, कृषिप्रधान देशको नारा रटाएर पाठ्यक्रममा समावेश गराई बिधार्थीलाई त्यहि पढाउने तर उत्पादन न्यून हुँदै जाने कुरा राम्रो होईन । अत्यावश्यक कुराहरु देखि सामान्य तरकारी सम्म भारत, चीन, बंगलादेशसँग परनिर्भर बन्नुपर्ने अवस्था छ । राज्यले उत्पादनलाई जोड दिने र परनिर्भरतालाई कम गर्ने नीति नल्याएसम्म यो परनिर्भरताको कुरा अझै बढ्दै जानेछ ।

बिदेशीएका युवालाई रोक्न आकर्षक प्याकेज कार्यक्रमहरु खोई ?

बजार मूल्य तिरेअनुसार छैन । बिषादी न्यूनिकरणका कुरा आउँछन् तर विषादी उच्च हुने, मूल्य तिरेअनुसारको गुणस्तर नहुने, तौल नहुने, र आफ्नो राष्ट्रिय अर्थतन्त्रमा पनि त्यसको नकारात्मक असर जहिले पनि परिराख्ने अवस्था छ । राज्यले युवा स्वरोजगार, कृषिको व्यवसायीकरण, बिदेशीएका युवालाई रोक्न आकर्षक नारा र प्याकेज कार्यक्रमहरु ल्याउन सक्नुपर्छ । सार्थक कार्यान्वयनमा नजाने र कृषिको बजेटको सदुपयोग नहुँदासम्म तरकारी, फलफूलको मूल्यवृद्धि झन् बढ्ने देखिन्छ ।

खसिको मासु भनेर बजारमा बाख्रीको मासु

विशेषगरी सरकारको १५ दिनको अनुगमनमा म आफैं सहभागी बनें । अधिकाँस वस्तु तथा सेवामा लुट मात्र देखियो । बजारमा जताततै समस्या मात्र भेटिए । जस्तो मिठाई पसलमा भान्साहरु अत्यन्तै फोहोर भेटिए । कुहिएको मिठाई, लखमरी, समसाहरु र कुहिएका नेप्कीनबाट गुँदपाक र लड्डुहरु बनाउने काम भईरहेको छ । खसीको मासु भनेर बजारमा बाख्रीको मासु बेच्न सक्छन् । राँगाको मासु भनेर भैंसीको मासु बेचिन सक्छ । डिलक्सको टिकट भनेर नर्मल टिकटमा जानुपर्ने हुनसक्छ । त्यस्तो अवस्थामा नजिकको प्रहरी सहायता कक्षमा प्रहरीलाई तत्काल खबर गर्ने गर्नुपर्छ । आफुले पनि एउटा सचेत नागरिकको भूमिका निर्वाह गर्नसके सचेत र सजग नागरिकको भूमिकाबाट, राज्यलाई जिम्मेवार बन्न र व्यवसायीलाई इमान्दार बन्न मद्धत पुग्नसक्छ ।

मूल्य तिरेअनुसार गुणस्तर, परिमाण, सुबिधा मौलिक हक हो

हामीले मूल्य तिरेअनुसार गुणस्तर, परिमाण र सुबिधा पाउने हाम्रो मौलिक हक हो । संबिधानले समेत उपभोक्ताका अधिकारलाई मौलिक हककोरुपमा परिभाषित गरेको छ । र उपभोक्ता संरक्षण ऐन २०५४ ले समेत दिएका ६ वटा अधिकारलाई हामीले भरपूररुपमा उपयोग गर्नको निमित्त तत्परता देखाउनुपर्छ । राज्यले पनि हामीलाई बिधिको शासन र कानुनी राज्य भएको अनुभुती दिलाएको अवस्थामा हामीले उपयोग गर्न पाउँछौं । हामीले सचेत नागरिकको भूमिकामार्फत बजारमा हुने गलत कुराहरुलाई निरुत्साहित गर्नको निमित्त र राम्रा कुरालाई प्रोत्साहित गर्नको निमित्त समाजभित्र छरिएर रहेका बिभिन्न तह तप्काका निकायले आ–आफ्नो स्थानबाट सबभन्दा पहिले उपभोक्ता हौं भनेर लाग्नुपर्यो । मैले मूल्य तिरेअनुसारको परिमाण र गुणस्तर प्राप्त गर्ने मेरो मौलिक हक हो भन्ने कुरा मनन गर्दै आफ्ना गतिबिधी केन्द्रित पारिदिएको अवस्थामा साँच्चै बजार पूर्णरुपमा स्वच्छ, प्रतिष्पर्धि र उपभोक्तामैत्री बन्नको निमित्त सफल हुनेछ ।

(कुराकानीमा आधारित)
प्रकाशित मितिः २०७३ असोज १६

वि.सं.२०७३ असोज १६ आइतवार १९:२९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...