युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले झापा स्थित भद्रपुरमा जिल्ला स्तरीय रंगशाला निरिक्षण गरेका छन् ।
जिल्लाको रङ्गाशालामा ठूलो घाँसको झाडी र गाइ बस्तु चरेको देखेपछि उनले स्थानिय विकास अधिकारीलाई रङ्गशालालाई व्यवस्थीत बनाउँन निर्देशन दिएका छन ।
आइतबार पुगेका उनले तुरुन्त रङ्गाशालाको पुर्वाधार निर्माण गरी सरसफाई गर्न समेत निर्देशन दिएका छन् ।
स्थानिय विकास अधिकारीले आफूले समयमै रङ्गाशालाको व्यवस्थापकिय सुधार गर्ने प्रतिबद्धता जनाए । सातौँ राष्ट्रिय खेलकुद पुर्वाञ्चलमै हुने भएता पनि माहोल भने नदेखिएपछि मन्त्री श्रीपालीले पुर्वाञ्चलमा उल्लारको माहोल ल्याउने वातावरण बनाउने घोषणा गरे ।
राष्ट्रिय खेलकुदको लागि तयारी निरिक्षणको क्रममा राष्ट्रिय खेलकुदको तयारी पुगे नपुगेको विषयमा समेत छलफल भएको थियो । स्थानियमा भने खेलकुदको माहोल देखिएको छैन । यद्धपी मन्त्री श्रीपालीले माहोल तयार पार्न निर्देशन दिएका छन् ।
आकश्मिक रुपमा रंगशाला पुगेका उनले रङ्गाशालालाई गौचरण क्षेत्र बनाइएकोमा कर्मचारीसँग स्पष्टिकरण समेत लिएका थिए । रङ्गशालामा खेलाडी भने थिएनन् । अन्यहरु बाहिरको व्यक्तिहरु खेल खेलिरहेका थिए । स्थायी प्रशिक्षक समेत आफ्नो जिम्मेवारी छाडेर प्रशिक्षण छोडेर रङ्गशालामा नदेखिएपछि मन्त्री श्रीपालीले आक्रोस पोखेका थिए ।
‘खेल खेल्ने रङ्गशालामा बाख्रा र गाई भैँसी चराइएको छ, खेलाडीहरु नियमित तालिममा छैनन् नत प्रशिक्षक नै छन्,’ मन्त्री श्रीपालीले भने, ‘सबै प्रशिक्षक र खेलाडीहरुले अब समयमा आएर आफ्ना भूमिका निभाउनु पर्छ अन्यथा सरकारले आफ्नो कदम अगाडी बढाउँछ ।’
प्रकाशित मितिः २०७३ असोज १७
वि.सं.२०७३ असोज १७ सोमवार ०७:२२ मा प्रकाशित