काठमाण्डौं । आज सोमबार पनि सेयरबजार दोहोरो अंकले उकालो लागेको छ भने कारोबार रकममा भने केही गिरावट देखिएको छ । कारोबारमा आएका अधिकांश समूहका उपसूचक उकालो लागेपछि समग्र बजार बढेको हो ।
आज सोमबार सेयर बजार परिसूचक नेप्से १६.६२ अंकले उकालो लागेर १७८०.४० अंकमा पुगेको छ । आज सबैभन्दा धेरै बीमा समूह १३५ अंकले उकालो लागेको छ भने होटल २७, बाणिज्य बैंक १७, विकास बैंक १० अंकले बढेका छन् ।
आज बजारमा कुमारी बैंकको सेयरमा लगानीकर्ताको उच्च आर्कषण देखियो । त्यस्तै बैंक अफ काठमाण्डू लुम्बिनीको सेयरमा पनि लगानीकर्ताहरु झुम्मिएका थिए । आजैबाट कारोबारमा आएको प्रभु बैंकको सेयरमा पनि लगानीकर्ताको उच्च चाप देखिएकोछ ।
१७ असोज २०७३, ३।३०
वि.सं.२०७३ असोज १७ सोमवार १६:०२ मा प्रकाशित