काठमाडौं । एनआइसी एसिया बैंकले आफ्ना शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको १९ औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । त्यस्तै सभाले बोनस शेयर वितरणपछि १५ प्रतिशत हकप्रद शेयर पनि दिने प्रस्ताव पारित गरेको छ ।
हाल ४ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको २६ प्रतिशत बोनस शेयरपछि पुँजी ५ अर्ब ७६ करोड रुपैयाँ पुग्नेभएको छ । बोनस वितरण पछिको पुँजीमा बैंकले १५ प्रतिशत हकप्रद पछि चुक्ता पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ माथि पुग्नेछ ।
प्रकाशितः २०७३ असोज १८
वि.सं.२०७३ असोज १८ मंगलवार १५:१८ मा प्रकाशित