back
mega bank Ad
Hero Ad

प्रभु बैंकको तीन दिन अघि मात्र खुलेको सेयर कारोबार आजबाट रोक्का गर्न निर्देशन !

काठमाण्डौं । धितोपत्र वोर्डले प्रभु बैंकको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । वोर्डले ग्रान्ड गाभिसकेको प्रभु बैंकतर्फको मात्र सेयर कारोबार भएकोमा आपत्ति जनाउँदै तीन दिनअघि खुलेको सेयर कारोबार आज बुधबारबाट रोक्का गर्न निर्देशन दिएको हो ।

वोर्डको निर्देशनमा भनिएको छ, दुई बैंक गाभिएर एकिकृत कारोबार सञ्चलान भएपछि प्रभु बैंकतर्फको सेयर कारोबार आंशिक रुपमा मात्र नेप्सेमा कारोबार भएकोमा ध्यानाकर्षण भएको छ ।

गाभ्ने गाभिने कार्य सम्पन्न भएपछि वोर्डमा अभिलेख गरेर मात्र कारोबार गराउनु पर्ने व्यवस्थालाई नाघेर अभिलेख नगरी आंशिक कारोबार मात्र खुला गरेकाले त्यो बन्द गर्न निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ । वोर्डले अब उप्रान्त गाभिने कार्य सम्पन्न भएपछि एकिकृत सेयरको मात्र कारोबार गर्ने ब्यवस्था मिलाउन नेप्सेलाई निर्देशनसमेत दिएको छ ।

१९ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १९ बुधवार ११:११ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...