काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी चार बर्षका लागि नियुक्त गरेको हो ।
उनले असोज २८ गतेबाट लागु हुने गरि नियुक्ति पाएका हुन्। श्रेष्ठले दशैं पछिबाट बैंक सम्हाल्नेछन्।
यसअघि चार बर्ष सिइओ रहेको तुलसीराम गौतम सञ्चालक समितिले कार्यकाल नथप्ने जनाउ दिए पछि एक महिना पदावधी छँदै विदामा बसेका थिए।
तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठ तात्कालिन एस फाइनान्स (हाल एस डेभलपमेन्ट बैंक) को व्यवस्थापन प्रमुखको, एनआईसी एसिया बैंकको महाप्रबन्धक र ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतबाटको जिम्मेवारी संहालिसकेका अनुभवी हुन् ।
१९ असोज २०७३
वि.सं.२०७३ असोज १९ बुधवार ११:१४ मा प्रकाशित