
काठमाण्डौं । आज सेयर बजार ८ अंकले उकालो लागेर १८०६ अंक पुगेको छ । तर आज, बजार बढे पनि कारोबार रकम भने घटेको छ । आज १३२ कम्पनीका ९२ करोड ८४ लाख रुपैयाँको किनबेच भएको छ ।
आज बैंकिङ समूह साढे १३ अंकले बढेको छ, होटल ५९, विकास बैंक करिव पाँच, फाइनान्स साढे चार र अन्य साढे दुई अंक बढेका छन् ।
आज बजारमा बैंक अफ काठमाण्डू लुम्बिनीको २९ करोड ८८ लाखको किनबेच भएको छ । एभरेष्ट बैंकको १० करोड ३९ लाख रुपैयाँको किनबेच भएको छ । कालिका माइक्रोक्रेडिटको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ भने सेवा विकास, कुमारी र ज्योति विकास बैंकको सेयर १० प्रतिशत हाराहारी बढेको छ ।
१९ असोज २०७३, ३।३०
वि.सं.२०७३ असोज १९ बुधवार १५:१५ मा प्रकाशित