काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस रकम लिदैं गरेको अवस्थामा निजकै कार्यकक्षबाट घुस रकमसहित आयोगले पक्राउन गरेको जानकारी दिएको छ ।
यसैगरी मालपोत कार्यालय सिराहाका कार्यालय प्रमुख ज्ञानराज लम्साललाई रु ४० हजार घुससहित नियन्त्रणमा लिइएको अख्तियारले छ ।
कार्यालय प्रमुख लम्सालले नक्सा सुधार गरी क्षेत्रफल कायम गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ४० हजार घुस लिँदै गर्दा कार्यकक्षबाटै आयोग टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मितिः २०७३ असोज १९
वि.सं.२०७३ असोज १९ बुधवार २०:१० मा प्रकाशित