back
SKIPGorkha brewery content block
SKIP
NMB Ad

अघि बढ्यो चार सरकारी संस्थान एउटैमा गाभ्ने काम, कर्मचारीहरु हटाइँदै !

Royal Enfield Inside Page Banner

काठमाण्डौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउन सिफारिस समिति गठन गरेको छ ।

वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको योजना तथा आपूर्ति विभाग प्रमुख रामचन्द्र भट्टको संयोजकत्वमा सो सिफारिस समिति गठन गरेको हो । वनमन्त्री शङ्कर भण्डारीले मन्त्रिस्तरीय निर्णयबाट बजेट कार्यान्वयनका लागि समिति गठन गर्नुभएको मन्त्रालयका प्रवक्ता पेमनारायण कँडेलले जानकारी दिए ।

सरकारले आव २०७३र७४ को बजेट वक्तव्यको बुँदा नं २०१ मा सरकारी स्वामित्वमा रहेका नेसनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, कृषि सामग्री कम्पनी लिमिटेड र टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडजस्ता संस्थालाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी निर्माण गरिनेछ भनी घोषणा गरेको थियो ।

समितिमा संयोजक भट्टसँगै मन्त्रालय र वन विभागका कानुन, योजना र प्राविधिक हेर्ने विभिन्न शाखा, महाशाखाका चारजना उपसचिव पदेन सदस्य रहेका छन् । समितिले तीन महिनाभित्र आफूलाई तोकिएको जिम्मेवारीसहित सिफारिस गर्ने संयोजक भट्टले जानकारी दिए ।

मन्त्रालयले यसअघि टिम्बर कर्पोरेसन, वन पैदावार विकास समिति र जडीबुटी प्रशोधन केन्द्रलाई गाभेर वन प्राधिकरण बनाउने प्रयास गरे पनि हालसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन ।

२० असोज २०७३, १२।००

वि.सं.२०७३ असोज २० बिहीवार १२:५१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ   

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार २०:३५

काठमाडौँ : पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा...

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?   

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार २०:३२

चितवन : भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ...

गार्डियन माइक्रो लाइफको आईपीओ : हालसम्म कति पर्यो आवेदन ?

गार्डियन माइक्रो लाइफको आईपीओ : हालसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:५०

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका...

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:४३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण...

वीरगञ्ज भन्सारले  पुसदेखि थप दुई घण्टा सेवा विस्तार गर्ने  

वीरगञ्ज भन्सारले  पुसदेखि थप दुई घण्टा सेवा विस्तार गर्ने  

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:३१

वीरगञ्ज (पर्सा) : वीरगञ्जका दुवै भन्सार कार्यालयको आगामी पुस १...

उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान

उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:२२

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को...