
काठमाण्डौं । गत आर्थिक बर्षको मुनाफाबाट कन्काई विकास बैंकले २० प्रतिशत बोनस बाड्ने प्रस्ताव गरेको छ । हिजो बिहीबार बसेको बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
साथै बैंकले कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांस समेत प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांस राष्ट्र बैंक र कम्पनीको साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिने छ । तीन जिल्ले विकास बैंक कन्काइको चुक्ता पूँजी १२ करोड ५० लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पुँजी १५ करोड रुपैयाँ पुग्नेछ ।
२१ असोज २०७३, १०.३२
वि.सं.२०७३ असोज २१ शुक्रवार ११:५६ मा प्रकाशित