back
NMB ad

कृषि विकास बैंकद्वारा एक करोड ९६ लाख ८८ हजार कित्ता सेयर निस्कासन !

Kumari bank ad

काठमाण्डौं । कृषि विकास बैंकले दशैं लगत्तै एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निस्कासन  गर्ने भएकोछ । बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । जस अनुसार एक कित्ता सेयर आवेदनका लागि कृषि विकास बैंकको दुई कित्ता आफुसँग हुनु पर्नेछ ।

कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निस्कासन गरेको हो। यो सेयर बाँडफाँड पश्चात बैंकमा सर्वसाधारणको तर्फबाट चुक्ता पुँजी पाँच अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुग्नेछ।

त्यस बाहेक बैंकमा सरकारको पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ बराबरको अग्राधिकार सेयर समेत रहेको छ। यसरी हकप्रद पश्चात बैंकको कुल चुक्ता पुँजी ११ अर्ब ३३ करोड ९१ लाख १२ हजार रुपैयाँ पुग्नेछ । बैंकको अधिकृत पुँजी १८ अर्ब रुपैयाँ रहेको छ। त्यस मध्ये आधा साधारण सेयर र त्यहि मात्रामा अग्राधिकार सेयर रहनेछ ।

हकप्रद सेयर कात्तिक तीन गते निस्कासन गरि मंसिर सात गते बिक्री बन्द हुनेछ। कृषि विकास बैंकका सबै शाखा एवं निस्कासन तथा बिक्री प्रबन्धक एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका शाखा र सिआइबिएल क्यापिटल मार्फत हकप्रद सेयर आवेदन गर्न सकिनेछ।

२१ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज २१ शुक्रवार १३:२६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...