back
NMB Ad

नयाँ शक्ति पार्टीमा किन टिक्न सकेनन् खनाल ?

काठमाडौँ, २१ असोज । अनुशासनहिनता र अपारदर्शिता बढेको जनाउँदै नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का कार्यकारी सदस्य मुमाराम खनालले सो पार्टी परित्याग गरेका छन् ।

वैकल्पिक राजनीतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता महसुस गरेर डा बाबुराम भट्टराई नेतृत्वको सो दलमा आफू समावेश भएको तर ‘पार्टी सम्पूर्ण रुपमा पूर्वमाओवादी समूहका रुपमा रुपान्तरण भएकाले’ अलग हुनुपरेको खनालले जनाएका छन् ।

आज प्रेस विज्ञप्ति जारी गरी सो पार्टीका राजनीतिक संवाद समितिका संयोजक खनालले पार्टीमा निश्चित समूहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै अपारदर्शी कर्मलाई निरन्तरता दिएको र सम्पूर्ण पार्टीको ऊर्जा पूर्वमाओवादीको आफ्नै विगतको कचिङ्गलमा मात्र खपत हुन थालेको जिकिर गरेका छन् ।

“नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन” खनालको भनाइ छ, “यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र भएको घोषणा गर्दछु ।”

हेर्नुहोस खनालको बिज्ञप्ति !

अाजदेखि नयाँ शक्तिबाट अलग भएको घोषणा गरें । त्यहाँ रहेर सक्रिय राजनीति गर्ने साथीहरुलाई शुभकामना ।

विज्ञप्ति

१. नेपालमा वैकल्पिक राजनैतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता रहेको तथ्यप्रति वर्तमान राजनीतिक अवस्थालाई अवलोकन गर्ने हरेक नेपाली नागरिक अवगत छ । र, यसै संदर्भमा म पनि विगत एक दशकदेखि वैकल्पिक नयाँ राजनैतिक शक्तिको आवश्यकता र औचित्यको बारेमा लेख्दै र वोल्दै आएको पात्र हुँ । त्यसै पृष्ठभूमिमा पूर्व माओवादी नेता बाबुराम भट्टराईको माओवादी समुह र विभिन्न फरक पृष्ठभूमिका व्यक्तित्वहरु सहितको लामो छलफल र वहसपछि म पनि नयाँ शक्ति नेपाल नामक दल निर्माण गरी उक्त दलको केन्द्रिय भूमिकामा सक्रिय रहँदै आएको थिए ।
२. गत बर्ष माघ १० गते नेपालमा नयाँ शक्तिको आवश्यकता र औचित्यको लागी राष्ट्रव्यापी बहस गर्ने अभिप्रायको साथ ३५ सदस्यीय अन्तरिम केन्द्रिय परिषदको निर्माण गरियो । जसमा पूर्व माओवादी समुहबाट संयोजक र अन्य एक जना गरी २ जना मात्र समावेश गरियो । किनकि हाम्रो दृढ मत थियो– पूर्व माओवादी समुहले नयाँ राजनीतिक शक्तिको खाँचो पुरा गर्न सक्तैन । त्यसको भोलिपल्ट माओवादीबाट अलग भएको संयोजकको पुरै टिम समावेश गरियो र अघिल्लो दिन घोषणा भएको परिषदलाई एउटा देखाउने नाटकमा रुपान्तरण गरियो । त्यसपछि लगातार कुनै विधि र प्रक्रियालाई अवलम्वन नगरी संयोजक र संगठन विभागको एक जना व्यक्तिको निर्णयमा परिषद संख्या थप्दै ७०० भन्दा बढी पुर्याइयो ।
३. नयाँ शक्तिको वहसलाई हतार हतार पार्टीको रुपमा घोषणा गरेपछि नयाँ शक्ति पार्टी सम्पूर्ण रुपमा पूर्व माओवादी समुहको रुपमा रुपान्तर भयो । नयाँ र फरक पृष्ठभूमिका मात्र होइन, पूर्व माओवादीभित्र पनि २०४७ सालमा बाबुराम भट्टराईसँग विद्रोह गरेर आएका केही सिमित व्यक्तिको मात्र कोर समुह बन्यो । उक्त कोर समुहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै हिजोदेखि गरी आएका अपारदर्शी कर्मलाई निरन्तरता दिइरह्यो । जसले गर्दा सम्पूर्ण पार्टीको उर्जा पूर्व माओवादीहरुको आफ्नै विगतको कचिंगलमा मात्र खपत हुन थाल्यो । त्यसप्रकारको माओवादी कचिंगलमा समावेश भइरहन मेरो व्यक्तिगत र राजनीतिक रुची रहेन ।
४. कुनै अस्तित्व मात्र धान्ने दल निर्माण गर्ने र त्यसमा आफुलाई समावेश गर्ने मेरो कुनै अभिप्राय थिएन र छैन । वस्तुगत राजनीतिक जगतमा देखिएको राजनैतिक विकल्पको संभावनालाई नेतृत्व गर्न सकियो भने त्यसले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निकै हदसम्म सकारात्मक योगदान पुर्याउँछ भन्ने मेरो मान्यता रही आएको थियो र छ । तर नयाँ शक्तिको राजनीतिक संगठन, चरित्र र संस्कृतिले विकल्प होइन, पूर्व माओवादीकै निरन्तरताबाहेक अरु केही बोकेन । जसले गर्दा सिमित मात्रामा प्रवेश गरेका गैरमाओवादी सदस्यहरु पनि नयाँ शक्तिमा टिक्न सक्ने कुनै वातावरण रहेन ।
५. पार्टी विधिमा होइन, व्यक्तिवादमा आधारित रह्यो । आर्थिक कार्यविधिलाई लत्याएर आर्थिक अराजकताको अभ्यास नै स्वीकार्य बन्यो । विकल्पको संभावनालाई खुम्च्याएर एउटा पूर्व गुटमा सिमित गरियो । र, नयाँ शक्ति पार्टी पनि नेपालका अन्य १७९ वटा पार्टीहरुकै निरन्तरता वाहेक अर्को विकल्प बन्ने संभावनाको अन्त्य भयो । निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता हुनुभन्दा अगाडि भएका दर्जनौं सभा, सेमिनार र अन्तक्र्रियाहरुमा सगर्व हामीले एउटा कुरा सबैभन्दा बढी दोहोर्यायौं– हामीले १७९ वटा दलहरुको बीचमा एउटा थपेर १८०औं दल बनाउन खोजेका होइनौं । तर नयाँ शक्ति पार्टीको विकासक्रमले एउटा नयाँ दल थपिएर १८०औं बन्नुवाहेक अर्को संभावना देखिएन ।
अतः मेरो विश्वास थियो, राजनीतिक व्यक्तिको नेतृत्व विना नयाँ वैकल्पिक शक्तिको निर्माण संभव हुन्न । तर आज म उक्त भ्रमबाट मुक्त भएको छु । नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन । यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदश्यता सहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र नागरिक भएको घोषणा गर्दछु ।
हार्दिक धन्यवाद सहित,
मुमाराम खनाल
पूर्व केन्द्रिय कार्यकारी सदस्य,
तथा संयोजक राजनीतिक संवाद समिति,
नयाँ शक्ति पार्टी नेपाल ।
मितिः २०७३ असोज २१

वि.सं.२०७३ असोज २१ शुक्रवार १८:०६ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ : मुख्यमन्त्री कार्की 

कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ : मुख्यमन्त्री कार्की 

वि.सं.२०८२ वैशाख १६ मंगलवार २१:१३

बिर्तामोड : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले कोशी प्रदेशलाई लगानीमैत्री...

नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड   

नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड   

वि.सं.२०८२ वैशाख १६ मंगलवार १९:५८

काठमाडौँ : नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका...

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयको पहल   

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयको पहल   

वि.सं.२०८२ वैशाख १६ मंगलवार १९:३०

काठमाडौँ  : राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन...

चितवनमा लक्ष्मी कमर्शियल भेहिकलको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

चितवनमा लक्ष्मी कमर्शियल भेहिकलको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

वि.सं.२०८२ वैशाख १६ मंगलवार १७:५४

काठमाडौं : एसएमएल इसुजु गाडीहरूको नेपालका लागि एकमात्र अधिकृत वितरक...

सुन सिफारिसमा शुल्क नलिन राष्ट्र बैंकको आग्रह

सुन सिफारिसमा शुल्क नलिन राष्ट्र बैंकको आग्रह

वि.सं.२०८२ वैशाख १६ मंगलवार १७:४८

काठमाडौं : नेपाल राष्ट्र बैंकले सुन व्यवसाय सम्बन्धी संघ तथा...

विकास हाईड्रोपावरले ४४ लाखभन्दा बढी कित्ता आईपीओ निष्कासन गर्ने

विकास हाईड्रोपावरले ४४ लाखभन्दा बढी कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८२ वैशाख १६ मंगलवार १७:३०

काठमाडौं : विकास हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ४४ लाख...