काठमाडौ । नेपाल समाचारपत्र दैनिकको छापाखानामा आगलागी भएको छ । डल्लुस्थित छापाखानामा विद्युत सर्टभई आगलागी भएको अनुमान गरिएको छ ।
आगलागी नियन्त्रण गर्न काठमाडौंका चार र ललितपुरको एक दमकल परिचालन गरिएको छ । छापाखानामा रहेको पत्रिकाको गोदाममा समेत आगलागी भएका कारण आगलागी नियन्त्रणमा लिन कठिनाई भएको महानगरिय प्रहरी वृतले जनाएको छ ।
आगलागीका कारण करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
प्रकाशित मितिः २०७३ असोज २१
वि.सं.२०७३ असोज २१ शुक्रवार २२:४२ मा प्रकाशित