back
NMB ad

प्रचण्डलाई भोट दिएका सांसदले भने सरकारले मधेशी मोर्चालाई धोका दियो !

Kumari bank ad

सिराहा, २२ असोज । संघीय समाजवादी फोरम नेपालका सांसद तथा केन्द्रिय सदस्य डा. विरेन्द्र महतोले सरकारले मधेशी मोर्चासँग गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।
शनिबार गृहजिल्ला सिराहामा आयोजित झिझिया पर्वमा सम्बोधन गर्दै सांसद महतोले प्रचण्ड नेतृत्वको सरकारले मधेशी मोर्चालाई धोका दिएको आरोप लगाएका हुन् । उनले अघि थपे, ‘सरकारले दशैंअघि नै संविधान संशोधन प्रस्ताव अघि बढाउँछु भनेको थियो, तर अहिलेसम्म कुनै प्रक्रिया नै अघि बढाईएन, हामी अहिलेपनि संघर्षमै छौं ।’
संविधान संशोधन प्रक्रिया अघि बढाउन सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले नै ढिलासुस्ती गरिरहेको उनको आरोप थियो । उनले अघि भने,‘मधेशी मोर्चाको मागलाई सम्बोधन गर्न आनाकानी भैरहेको छ, अब ढिलाई नहोस् ।’ डा. महतोले अघि थपे, ‘‘संशोधन प्रस्ताव दर्तामा ढिलाई हुँदा प्रचण्डको नियत मै शंका लागेको छ ।’’
संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग गर्नेमा आफू पूर्ण विश्वस्त रहेको डा. महतोको भनाई थियो । उनले एमालेले संशोधनमा सहयोग नगरे मधेश र मधेशी जनताको विरोधी पार्टीको रुपमा एमाले चित्रित हुने समेत दाबी गरे । यद्यपी उनले एमाले मुलुककै दोस्रो ठूलो दल भएकोले मधेशी जनताका जाजय माग सम्बोधन गर्ने कुरामा पछि नहट्ने विश्वास व्यक्त गरे ।
उनले कला, संस्कृति र संस्कारलाई जगेर्ना गर्ने कुरामा सबै एकजुट हुनुपर्ने महतोले बताए । नेपालीहरुको पहिचान भनेको कला, संस्कृति भएकोले यसको संरक्षण एवम् प्रवद्र्धनको लागि सबै नेपालीहरुले आ–आफ्नो ठाउँमा योगदान पुर्याउनुपर्ने महतोको जोड थियो ।
संविधान संशोधनमार्फत मधेशी, थारु, आदिवासी, जनजातिहरुको मागलाई सम्बोधन गर्दै संविधान कार्यान्वयनको दिशामा दलहरु लाग्नुपर्ने महतोले बताए । मुलुक सँधै यसरी बन्धक बन्न नहुने उनको भनाई थियो । महतोले थपे, ‘राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिको जग हाल्नु नै आजको आवश्यकत्ता हो, त्यसको लागि सबै राजनीतिक दलहरु मिल्नुको विकल्प छैन, हामी फेरि पनि सानातिना कुरामा अल्झियौं भने मुलुक धेरै पछि पर्छ, मुलुक र जनताको हितको लागि पनि सबै दलहरु यही बाटोमा अघि बढ्नुपर्छ ।’
कार्यक्रममा लोकसंस्कृतिका मैथिली कलाकार धिरेन्द्र प्रेमर्षि लगायतको सहभागीता थियो ।

वि.सं.२०७३ असोज २२ शनिवार १६:३८ मा प्रकाशित

You can share this post!

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...