back
NMB ad

ताज महलको अर्को स्वरुप पाल्पाको रानी महल !

Kumari bank ad

नेपाल एसोसिएसन अफ ट्रावल एण्ड टुर्स एजेन्सिज (नाट्टा) का प्रथम उपाध्यक्ष सिएन पाण्डे पर्यटनमा सुपरिचित नाम हो । सम्राट ग्रपका सिइओ समेत रहेका पाण्डे नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष हुन् । लामो समय पर्यटन क्षेत्रमा विताएका पाण्डेसंग दशैं तिहार विदाको समयमा घुम्न उपयोगी आन्तरिक पर्यटनस्थलका बारेमा अर्थतन्त्रले गरेको कुराकानीको सम्पादित अंश :

दशैं तिहारको छोटो विदाको समयमा घुमफिर गर्न चाहने राजधानी र आसपासका मानिसलाई कस्ता गन्तव्य सिफारिस गर्दा उपयुक्त होला ?

दशैं पर्व वास्तवमा पारिवारिक भेटघाट हुने, ठुला मान्छेहरुसंग आर्शिवाद लिने त छँदै छ, त्यसको अवाला व्यस्ततापुर्ण जीवनबाट शान्त वातावरण र मनोरञ्जनका लागि पनि यो समय उपयोग गर्दा राम्रो हुन्छ भन्ने लाग्छ । यसका लागि देशमा विभिन्न ठाउँहरु पहिचान भैरहेका छन् । ति ठाउँहरुमा परिवार, साथीभाई, इष्टमित्रहरुसंग संयुक्त रुपमा वा व्यक्तिगत रुपमा गएर पनि ठाउँहरुको आनन्द लिने र देशको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पनि सकिन्छ ।

cn pandey pp size
सिएन पाण्डे

नेपालका लागि प्रशिद्ध पर्यटकीयस्थल पोखरा, छोटो पदयात्राको लागि घोरेपानी, चितवनको बाघमारा, सौराहामा गएर हात्ती डुँगा चढेर आनन्द लिन सक्छौं । लुम्विनीमा गएर बुद्धको जन्मस्थल अवलोकन, अध्ययन गर्न सक्छौं । पाल्पामा तानसेन, श्रीनगर लगायत रानीमहल, रिडी–रुरु क्षेत्रहरुको हामी भ्रमण गर्न सक्छौं । नेपालमा भ्रमणका लागि हामीसंग पर्यापत क्षेत्रहरु छन् ।
एउटा विधामा हामी एक ठाउँ जाने, जस्तो पोखरा अहिले गयौं भने अर्को पटक चितवन, अर्को पटक लुम्विनी जाने, अर्को पाली तानसेन जाने, यो गर्न सक्यौं भने पहिलो कुरा हाम्रो देशको भू–बनावट अनुसार त्ययहाँको सुन्दरताबारे अवलोकन गरेर इन्टरटेन पनि गर्न सक्छौं । अर्को कुरा आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटनलाई टेवा पु¥याउन पनि सक्छौं । र त्यो ठाउँमा भएको बस्तुस्थितिको बारेमा जानकारी लिएर आफुलाई ज्ञान बढाउन पनि सक्छौं । त्यसको साथ साथै सबै भन्दा महत्वपुर्ण कुरा काठमाडौंको व्यस्ततापुर्ण जीन्दगीलाई केही समय भए पनि शान्त र सुन्दरता, स्वच्छ वातावरणमा रिक्रेट गरेर पुनर्ताजकी गरेर अगाडी बढाउन सक्छौं ।

यी स्थानहरु घुम्दा पर्यटकले के पाउँछन् ?
चितवनमा परम्परागत थारु कल्चर, एक सिंगे गैडाहरु पाटे बाघ, मृगहरु लगायत पाँच सय भन्दा बढी प्रजातिका चराहरु चितवनमा पाइन्छ । क्यानउइन गरेर घडियाल गोहीहरु देख्न सक्छौं हात्तीमा चढेर जंगल सफारीको मज्जा लिन सक्छौं ।

sauraha
पोखरा आज बृद्धा, युवा, वयस्कहरुका लागि फेवाताल प्रख्यात छ । फेवाबाटै फिस्टेल हिमाल, वल्र्डपिस स्तुपाहरुको अवलोकन गर्न सक्छौं । पोखरा आफैंमा एउटा एडभेन्चर हव हो जहाँ प्याराग्लाइण्डिङ गरेर आनन्दता लिन सक्छौं । त्यस्तै अल्ट्रालाइट गरेर त्यहाँको सुन्दरता लिन सक्छौं जीप फ्लाएर गर्न सक्छौं ।

शहर बजारमा जन्मिएर हुर्किएकालाई छोटो ट्रेक पनि छ । घान्द्रुक, घोरेपानी गयौं भने त्यहाँको जीवनशैली, भू–बनावट, त्यहाँको सुन्दरता, जैविक विविधता हामीलाई अर्को संसारमा पुगे जस्तो अनुभुति दिलाउँछ ।

पाल्पामा गयौं भने रानीमहल पुग्नै पर्छ । नेपालकै प्रसिद्ध रानी महल ताज महलको अर्को स्वरुप हो । त्यहाँ गएर हामी आनन्द लिन सक्छौं । कालीगण्डकीको वहावसंगै मनोरञ्जन गर्न सक्छौं । यसरी यी ठाउँमा जाँदा शरीरलाई पनि पुनरताजकी हुन्छ । अर्को कुरा त्यहाँ भएको विविधता, सुन्दरता, नदी, झरनाहरु, तराईमा पुग्दा त्यहाँका विशाल फाँटहरु, भू बनावट, मान्छेको लवाई खवाई, कला संस्कृतिहरुको पनि अनुभव गर्न सक्छौं । त्यो अनुभवले हामीलाई संसारको अर्को कुनाबाट नेपालका कला संस्कृति, हिमाल, पहाड, तराई जस्ता दृश्यहरु हेर्न आउँछन भने हामी यही देशको नागरिक यहीं जन्मिएका मानछेहरु कम्तिमा आफ्नो जीवनमा सके धेरै पटक, नसके एक पटक भए पनि ति ठाउँहरु दृश्यावलोकन गर्नै पर्छ ।

यी स्थानहरु पुग्न समय र बजेट कति छुट्याउनु पर्ला !
हाम्रा आन्तरिक पर्यटकीय स्थलहरु ट्रेकिङ नगर्ने हो भने हामी एक साताको समय पर्याप्त हुन्छ । ट्रेकिङ गर्ने हो भने तीनदेखि पाँच दिन थप गर्न सकिन्छ । नेपालको पर्यटकीय स्थल जस्तै सेवा प्रदायक पनि विविधता छ । कुनै ठाउँमा होमस्टे गर्न सक्छौं, कुनै ठाउँमा लक्जरी होटेल बस्न सक्छौं । कुनै ठाउँमा हामी सामान्य होटेल बस्न सक्छौं । यही आधारमा मुल्यको फरक पर्न जान्छ । साधारण तया नेपालको आन्तरिक पर्यटनमा सरदर हामी न्युनतम २ हजारदेखि माथि आफ्नो क्षमता अनुसार सुविधा लिएर बस्न हिँड्न सक्छौं । खर्च आफुमा भर पर्छ ।

pokhara

यो मौसममा सिक्न जान्न पाउने कुरा के के हुन सक्छ ?
वास्तवमा यो जीन्दगी नै एउटा विद्यार्थी हो भन्ने लाग्छ मलाई । काठमाडौंमा डे टु डे जुन कुरा देखिन्छ बाहिर पृथक छ । त्यहाँ गइसकेपछि जीवन के हो ? भूगोल अनुसार मानिसको रितिरिवाज, चाल चलन के हो, उनीहरुको जीवन शैली के छ भन्ने कुराका बारेमा अध्ययन गर्न सक्छौं । त्यहाँका सार्थक कुरा आफ्नो जीवनमा प्रयोग गर्न पनि सक्छौं । ती ठाउँहरुमा अवलोकल गरिसकेपछि त्यहाँको भौगोलिक बनावट, जैविक विविधता, साँस्कृतिक चलन परिचलनहरु यीनका बारेमा अध्ययन गर्न पनि संसारका प्रख्यात विद्वानहरु पनि आएर गर्ने चलन छ । हामी यही देशको नागरिक भएकाले फुर्सदको समयमा, छुट्टिको रुपमा उपयोग गर्न पाउँदा जीवनमा ठुलो मार्ग दर्शन गर्छ ।

सरकारले आन्तरिक घुमफिर वर्ष घोषण त गरेको छ तर यसलाई उति महत्व दिएको जस्तो लाग्दैन । निजी क्षेत्रको चहीं के छ त्यास्तो तयारी ?
आन्तरिक घुमफिर वर्ष भनेकै सरकारको एउटा घोषणा वा नारा हो । व्यवसायीहरुले त्यसलाई उपयोग गर्न सक्नु पर्छ । हरेक ठाउँमा जाँदा पर्यटकलाई उच्चस्थानमा राखेर सर्भिस दिनु महत्वपुर्ण कुरा हो । घोषणा आफैमा समय क्रममा गरिने स्लोगनहरु हुन् । स्लोगानका आधारमा हाम्रा पुर्व पश्चिम, उत्तर दक्षिणका होटेल, होमस्टे, लजहरुले आन्तरिक पर्यटकलाई पनि उच्च आतिथ्यता दिने र हामी जो आन्तरिक रुपमा घुम्न मन पराउँछौं एक ठाउँबाट अर्को ठाउँमा गइदिनु नै आन्तरिक घुमफिर वर्ष मनाउनु हो । त्यसको लागि हामी बाटै शुरु गर्नु पर्छ । कम्तिमा पनि दशैं, तिहार, छठको बिदामा हामी एक ठाउँ न एक ठाउँ गएर आन्तरिक पर्यटनको प्रबद्र्धन गर्ने आफ्नो जीवनशैलीलाई पुनर्ताजकी गर्ने, कला संस्कृतिहरुको बारेमा अध्ययन गरेर जीवनमा उपयोग गर्न सक्यौं भने त्यसले पनि हामीलाई आफ्नो काममा परिस्कृत रुपमा अगाडी बढाउन सक्छौं ।

Ranimahal
यो चाड पर्वको मौसम र काम तथा रोजगारी बाट मिलेको छोटो छुट्टिमा घुमफिर गर्न चाहनेलाई थप केही टिप्स ?
घुमफिर गर्दा संधै एउटै गन्तव्य नरोजौं । फरक फरक गन्तव्य जाँदा समयको बचतसंगै नयाँ र थप जानकारीहरु प्राप्त हुन्छन् । नेपाल सरकारले आन्तरिक घुमफिर वर्ष घोषणा गर्नुको मुख्य कारण भूकम्प, नाकाबन्दीले बाह्य पर्यटनमा कमी आएकोले कम्तिमा स्वदेशी पर्यटकहरु÷आन्तरिक पर्यटकहरु घुमिदिनु भयो भने स्थानीय पर्यटन व्यवसायीहरु स्थानीय होमस्टेका सञ्चालकहरु या स्थानीय कला संस्कृतिमा सामाग्रीहरु उत्पादन गरेर जीविका धान्दै आएका मानिसहरुको जीवनमा पनि त्यसले ठुलो सहयोग गर्छ । आम नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई कम्तिमा दशैं तिहारको विदामा एउटा न एउटा गन्तव्य पुग्नुस । रमाउनुस, मजा लिनुस र नेपालको पर्यटन विस्तामार एउटा खुड्किलोमा सहभागी भैदिनुस भन्ने अनुरोध गर्न चाहन्छु ।

२४ असोज २०७३

वि.सं.२०७३ असोज २४ सोमवार १४:४३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...