back
NMB ad

यसरी बदलियो एउटा सपना २५ अर्बको सम्पत्तिमा !

Kumari bank ad

उनले आफ्नो करिअर अरु सामान्य कलेज जीवन जस्तै बिताए । त्यतिबेला उनीसँग पैसा थिएन, जीवनमा के गर्ने भन्ने लक्ष्य थिएन र आफ्नो जीवन पूर्ण रुपमा एकाउण्टेण्टको जागिरमै बित्ने जस्तो उनको अवस्था थियो । तर यो केमा बदलियो भन्दा एउटा अभूतपूर्ण अमेरिकी व्यापारीको सफलताको कथामा जसले सय अर्बको स्पोर्टसवेयरको भव्य कम्पनी बन्न सफल भयो । यो सफलताको कथा नाइकी कम्पनीका सहसंस्थापक फिल नाइटको हो, जसले आफ्नो पागलपन जस्तो लाग्ने सपनालाई यथार्थतामा बदले । यी ७८ वर्षीय धनाढ्यले नाइकीको सफलता पछाडिको कहानी आफ्नो नयाँ संस्मरण ‘शु डग’मा उल्लेख गरेका छन् ।

फाइनान्स विषयमा एमबिए गर्नका लागि फिल स्यानफोर्ड विश्वविद्यालय भर्ना भए । त्यतिबेला स्पोर्टस् क्लासमा पनि सहभागी हुनुपथ्र्यो । त्यहाँ उनका कोच थिए बिल बोअरम्यान । बिल बोअरम्यान आफ्ना विद्यार्थीहरुको राम्रोसँग दौडमा सहभागी हुन सकुन् भनेर निरन्तर कोसिस गरिरहेका थिए र योसँगै उनले विभिन्न प्रकारका दौडदा आरामदायी हुने जुत्ताहरु बनाउने प्रयास पनि गरिरहेका थिए । उनले विभिन्न प्रकारका योजना र तरिकाहरु प्रयोग गरिरहेका थिए तर तिनीहरु त्यस्तो राम्रो बन्न सकिरहेका थिएनन् ।

त्यतिबेला बजारमा जर्मनीबाट आयात गरिएका जुत्ताहरुको बाहुल्यता थियो । फिल नाइटले पनि यो विषयलाई अध्ययन गरिरहेका थिए । उनले विश्वविद्यालयका लागि कार्यपत्र प्रस्तुत गर्ने क्रममा नै यो लेखे कि जुत्ताहरु जापानमा बनाइएका जस्ता हुनुपर्छ र त्यहाँबाट आयात गरिनुपर्छ । तर उनको कुरा कसैले सुनेन, उनको कार्यपत्र यत्तिकै थन्कियो । जर्मनीको तुलनामा जापानमा बनाइएका जुत्ताहरुको मूल्य कम पर्ने र जुत्ताहरु त्यत्तिकै आकर्षक एवं राम्रो भएका कारणले नै उनले यो योजना आफ्नो कार्यपत्रमा समावेश गरेका थिए ।

त्यसपछि फिलले नै आफै जापानबाट जुत्ता आयात गर्ने र त्यसलाई बजारमा बेच्ने विचार गरे । उनले ब्ल्यु रिबन स्पोर्टस्का नाममा पसल खोले र जापानबाट आयातित जुत्ताहरु बिक्री गर्न थाले । उनले आफ्नो पहिलो स्टक आफ्ना कोच बिल बोअरम्यानलाई बेच्न खोजे तर त्यसको सट्टामा बिलले उनीसँग पार्टसिप गरे ।

त्यतिबेला जापानिज ब्राण्डको टाइगर स्निकर्सप्रति मानिसहरु आकर्षित भए । र बिस्तारै उनको पसलले मानिसहरुलाई तान्न थाल्यो । उनले कर्मचारी थपे, बिस्तारै उनले २० हजार डलरसम्म कमाउन थाले । तर यो काम त्यति सजिलो थिएन, जापानबाट जुत्ताहरु समयमै आइपुग्न सक्दैनथे । भनेको समयमा पैसा हुँदैनथ्यो यही कारणले उनलाई दुई बैंकले आफ्नो ग्राहकको लिस्टबाट निकालिदिएको थियो । साथसाथै जापानिज कम्पनीसँग पनि उनको नराम्रो हुन पुग्यो । त्यसपछि उनले अर्को कम्पनी खोल्नुपर्ने भयो भने जुत्ता पनि अन्यत्रबाटै उत्पादन गर्नुपर्ने भयो । त्यही बेला उनीहरुले नाम जुराए नाइकी ।

उनीहरुले ग्यारेजबाट आफ्नो कम्पनीको सुरुवात गरेका थिए । ग्यारेजमा बिल बोअरम्यानले जुत्ता बनाउने काम गर्थे । अहिले नाइकी स्पोर्टस् मात्र हैन अन्य प्रकारका लुगा मन पराउनेहरुका लागि पर्यायवाची नाम जस्तै भएकोछ । नाइकीले सुरुवात जुत्ताबाट गरेको भए पनि अहिले विभिन्न प्रकारका लुगाहरु पनि उत्पादन गर्ने गर्छ ।

सन् २०१६ को लिस्टमा फोब्र्सले उनलाई १६औं अर्बपतिका रुपमा राखेको छ । फोब्र्सकै अनुसार उनीसँग अहिले २४.४ अर्ब सम्पत्ति रहेकोछ । यो सम्पत्तिको स्रोत भनेकै नाइकी हो । आफ्नो बलबुतामा धनी बनेका अर्बपतिमध्ये एक फिल नाइटले एकाउण्टेण्टको जागिर छाडेर नाइकी रोजेका थिए । विश्वविद्यालयको कार्यपत्र लेख्ने क्रममा उनले देखेको एउटा सपनाले उनलाई अर्बपति बन्न मद्दत गरेको हो ।

वि.सं.२०७३ असोज २७ बिहीवार १४:०२ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३०

काठमाडौँ, १२ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच...

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:२५

काठमाडौँ, १२ वैशाखः नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार,...

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:१८

काठमाडौँ, १२ वैशाख : काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो...

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...