back
mega bank Ad
Hero Ad

बाली जोगाउन खोज्दा करेन्ट लागेर मृत्यु

रत्ननगर (चितवन), २८ असोज । पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ ।

पश्चिम चितवन नारायणी नगरपालिका–१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको हो । वन्यजन्तुबाट खेतको बाली जोगाउनका लागि तारबार जोड्दै गर्दा एक्कासि करेन्ट लागेर स्थानीयवासी ५५ वर्षीय अर्जुन खतिवडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान करिब २ बजेको समयमा भएको उक्त घटनामा गम्भीर भएका खतिवडाको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा वन्यजन्तु पसेर बालीनाली नष्ट गर्ने र मानिसलाई समेत आक्रमण गर्ने गरेकाले स्थानीयवासीले बाली र घर संरक्षणका लागि यसरी करेन्ट प्रवाह गरेर तार लगाउने गर्दछन् ।

वि.सं.२०७३ असोज २८ शुक्रवार १५:५३ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:०४

काठमाडौं । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन...