back
NMB ad

दसैँमा मुस्ताङबाट २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात

Kumari bank ad

मुस्ताङ, २८ असोज । हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ ।

जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए । ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म पुगेका थिए ।

जोमसोम र कागबेनी क्षेत्रमा किसानबाट खरिद गरी ल्याएका स्थानीय व्यापारीबाट देशका विभिन्न भागबाट पुगेका व्यापारीले प्रतिवटाको हिसाबले किनेर बजारसम्म ल्याएका थिए ।

जिल्ला पशु सेवा कार्यालय मुस्ताङका अनुसार यसवर्ष १३ हजार भेडा र ८ हजार ४५ च्याङ्ग्रा जिल्लाबाट बाहिरिएका थिए । किसानले प्रति भेडा, च्याङ्ग्रालाई रु १३ हजारमा बिक्री गरे पनि यसवर्ष रु २७ करोड ३५ लाख भित्रिएको कार्यालय प्रमुख डा नन्दलाल वर्माले जानकारी दिए ।

गतवर्ष अघोषित नाकाबन्दी र भूकम्पको सन्त्रासका कारण तिब्बतबाट ल्याइएका भेडा, च्याङ्ग्रा कम मात्रामा बजारमा आएका थिए भने यसवर्ष तिब्बतबाट भेडा, च्याङ्ग्रा नआएको डा बर्माले जानकारी दिए  ।

डोल्पाबाट मुस्ताङ हुँदै भेडा, च्याङ्ग्रा बजार आएको बताइए पनि पशुसेवा कार्यालयले त्यसबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, सुर्खाङ, घमी, चर्राङ, छोन्हुप गाविसका किसानले पालेका भेडा, च्याङ्ग्रा बजार ल्याइएको व्यापारीले जानकारी दिएका छन् । त्यहाँका किसानले दसैलाई नै लक्षित गरी व्यावसायिक रुपमा भेडा, च्याङ्ग्रा पालन गर्दै आएका छन् ।

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:३१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...