back
NMB ad

आइसिसी महिला विश्वकप क्रिकेटबाट नेपाल बाहिरियो

Kumari bank ad

काठमाडौँ, २८ असोज । आइसिसी महिला विश्वकप क्रिकेट एसियाली छनोटअन्र्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित हुुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

एक खेलअगावै नेपालको सन् २०१७ मा हुुने ग्लोबल छनोट खेल खेल्ने सपना समाप्त भएको हो । चार टोलीले भाग लिएको उक्त छनोटमा शीर्ष स्थान हासिल गर्ने एक टोलीले ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । त्यस्तै ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले इङ्ल्यान्डमा हुने महिला विश्वकप खेल्न पाउनेछन् ।

हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०८ रनको योगफल तयार ग¥यो । जवाफी ब्याटिङमा उत्रेको थाइल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

थाइल्याण्डकी चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रनको योगदान दिइन । नेपालकी करुणा भण्डारीले चार तथा रुबिना बेलबासे र सीता राना मगरले समान दुई÷दुई विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको नेपालकी नेरी थापाले ३२, इन्दु बर्माले २६, निर्मलाकुमारी शाहीले २०, ज्योती पाण्डेले १३ तथा रुबिना बेलबासेले १० रन जोडिन । जितसँगै थाइल्यान्ड आठ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । चार खेल खेलेको नेपालको भने दुई खेलमा जित तथा दुई खेलमा हार बेहोर्दै चार अङ्क मात्र छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । त्यसैगरी मङ्गलबार भएको तेस्रो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो भने बिहीबार भएको चौथो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले अब चीनसँग खेल्न बाँकी छ ।

वि.सं.२०७३ असोज २८ शुक्रवार १७:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...