back
NMB ad

सेयरमा लगानी गरिसक्नुभयो वा गर्दै हुनुहुन्छ ? निम्न कुरामा ध्यान दिनुहोस्

Kumari bank ad

काठमाडौ । तपाईले कम जोखिम देखेर सेयरमा लगानी गरिसक्नुभयो वा आफ्नो उदेश्य पुरा गर्न सक्ने र लगानीयोग्य पुँजीले दोस्रो बजारमा सेयर खरिद गर्दै हुनुहुन्छ । ख्याल गर्नुहोला । एउटा कम्पनीको सेयरमा मात्र लगानी गर्दा त्यसको मूल्य घट्दै गयो वा कम्पनी डुब्यो भने नोक्सानी हुन सक्नेछ । तर दुई वा सो भन्दा बढि सेयरमा लगानी गरियो भने एउटा घट्दा पनि अर्काे बढ्न सक्छ । घटेको मूल्यलाई बढेको मूल्यले थेग्न सक्छ । अर्थात् नाफामा जाने वा नोक्सान कम हुने वा लगानीमा हुनसक्ने जोखिम कम गरेर पोर्टफोलियो निर्धारण गर्न सकिन्छ ।

यसरी पोर्टफोलियो तयार पारिएका सेयरहरुलाई समय समयमा मूल्याङ्कन गर्दै कम लाभ दिने वा लाभ दिन नसक्ने कम्पनीका सेयरलाई बिक्री गर्दै लाभ दिनसक्ने कम्पनीका सेयरमा लगानी गर्ने गर्नेतिर लाग्नुहोस् ।

कम जोखिम र बढि नाफा दिने खालका विभिन्न पोर्टफोलियो बनाई लगानी गरेपछि लगानीकर्ताहरुले हरहमेशा निम्न कुरामा ध्यान दिनैपर्छः–

–प्रत्येक दिन बजार मूल्यको सूचना लिने ।

–प्रत्येक दिन अनलाईन, पत्रपत्रिकाहरु पढ्ने अर्थात् संचारमाध्यमका समाचारहरुलाई गहनरुपमा अध्ययन गर्ने ।

– कम्पनीहरुले जारी गर्ने नयाँ सूचनाहरु जस्तै त्रैमासिक वित्तिय विवरणहरु, लाभाँस वितरण, हकप्रद सेयर निष्कासन, साधारणसभा, विशेष साधारणसभा बारे चनाखो बन्ने ।

– कम्पनीको साधारणसभामा जानुभन्दा अगाडि त्यस कम्पनीले प्रकाशन गर्ने वार्षिक प्रतिवेदन राम्ररी पढ्ने ।

– नियमितरुपमा ब्रोकरहरुसँग सम्पर्क गरि बजारको बारेमा जानकारी लिईराख्ने ।
– वार्षिक साधारणसभा बस्ने मिति, स्थान, समय तथा साधारणसभामा प्रस्तुत गरिने विषय, भावी रणनीति, लाभांशसम्बन्धी प्रस्ताव लगायत विषयलाई बुझेर साधारणसभामा अनिवार्य भाग लिने । आफुलाई चित्त नबुझेका कुराहरु साधारण सभामा पेश गर्ने ।

– लाभाँश वितरण सुरु हुने मितिलाई ख्याल गर्दै आफ्नो शेयर प्रमाणपत्र लिएर लाभाँस लिन जाने । आफु जान नसक्ने भएमा विश्वासिलो पात्रलाई मञ्जुरीनामा दिएर पठाउने ।

– आफुले लिएको सेयरको मूल्य घट्ने सम्भावना देखिएमा त्यसलाई बिक्री गर्ने, बढ्ने सम्भावना देखिएका सेयरलाई खरिद गर्ने । आफुले विश्लेषण गर्न जानिएन भने ब्रोकर एवं मध्यस्तकर्ताहरुको सहायता लिने ।

प्रकाशित मितिः २०७३ असोज २९

वि.सं.२०७३ असोज २९ शनिवार १६:१७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...