
काठमाडौ । तपाई अमेरिका जाने सुरमा हुनुहुन्छ । त्यसो हो भने अब चस्मालगाएको फोटो नराख्नुहोला । अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा चस्मा अनिवार्य रुपमा फुकाल्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
सो प्रावधान यही कात्तिक १६ अर्थात् नोभेम्बर १० बाट लागू हुने अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाका लागि चस्मा लगाउनै पर्ने जस्ता विशेष स्वास्थ्य अवस्थामा मात्रै चस्मा लगाउन पाइने उल्लेख छ ।
दूतावासले स्वास्थ्यका कारण चस्मा लगाउनैपर्ने आवेदकले आफ्नो आवेदनका साथ शल्य चिकित्सक वा आँखा रोग विशेषज्ञको हस्ताक्षर भएको पत्र पेस गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मितिः २०७३ कार्तिक १
वि.सं.२०७३ कात्तिक १ सोमवार १९:२२ मा प्रकाशित