काठमाण्डौँ । दशैं बिदापछि आइतबार र सोमबार दोहोरो अंकले घटेको सेयर बजार र मंगलबार सामान्य अंकले घटेको सेयर आज घटेपनि बुधबार पनि ५ अंकले घट्न पुगेको छ । तर कारोबार रकम भने हिजोभन्दा ६ करोडले बढ्न पुगेकोछ ।
नेप्से आज ४.८४ अंकले तल आई १७८७.८९ बिन्दुमा पुगेकोछ भने १२१ कम्पनीका ५६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज मंगलबार होटल, बीमा र अन्य कम्पनी उप सूचक हरियो भएका छन् । बैंक, विकास बैंक, फाइनान्स र जलविद्युत समुहको उपसूचक रातो देखियो ।
३ कार्तिक २०७३, ३।३०
वि.सं.२०७३ कात्तिक ३ बुधवार १६:३३ मा प्रकाशित