back
SKIP
prime bank ad

श्रमिकका समस्या अन्त्य गर्ने भन्दै करोडको जिफन्ट ऐक्यबद्धता कोष

Kumari bank ad

काठमाडौ । ʽएक श्रमिकको समस्या,हामी सबैको संलग्नताʼ भन्ने नाराका साथ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले जिफन्ट ऐक्यबद्धता कोष संचालनमा ल्याउने भएको छ । बिहिबार राजधानीमा आयोजित भेलामार्फत ऐक्यबद्धता कोष परिचालन नियमावली पारित गराउँदै जिफन्टले आगामि जनावरी १ तारिखदेखि कोष संचालनमा ल्याउने तयारी गरेको जनाएको छ ।
जिफन्टले मातहतका मजदुर कमिटीका तर्फबाट न्युनत्तम २५,००० रुपैंयाका दरले ५० लाख र जिफन्टबाट ५० लाख गरि कुल एक करोड संकलन गरि कोष संचालनमा ल्याउन लागेको हो । तर हालसम्म ३०१ प्रतिष्ठान तथा इकाईबाट २५ हजारका दरले ७५ लाखभन्दा बढि र जिफन्टबाट ५० लाख कोषमा जम्मा भईसकेको छ । कोषमा रकम थपिने क्रम जारी रहेको जिफन्टले जनाएको छ ।
कोष संचालनका लागि जिफन्ट महासचिव विष्णु लम्सालकोे अध्यक्षतामा एक समिति समेत गठन गरिएको छ । समितिमा जिफन्टका उपमहासचिवद्धय जनक चौधरी र मञ्जु थापा, ३ जना सचिवहरु रमेश बडाल, दिपक पौडेल, गुणराम आचार्य त्यस्तै महासंघका ठूला युनियनहरुका तर्फबाट नरनाथ लुईटेल, राजिव घिमिरे र कृष्ण रिमाल रहेका छन् । साना युनियनबाट सूर्य कुबर, कमला तामाङ बोर्डमा रहनेछन् ।
समितको घोषणा गर्दै महासंघ अध्यक्ष विष्णु रिमालले श्रमजिवी वर्गले जुध्दै आएको समस्या र अभावलाई समाधान गर्न जिफन्ट परिवार भित्र एकले सबैलाई, सबै मिली एकलाई सहयोग गर्न र राहत प्रदान गर्नको लागि कोष निर्माण गरी अगाडि बढिएको बताए । उनले भने, ʽयो कोष नचल्दा नचल्दै पनि हाम्रा सदस्य कसैलाई अप्ठेरो छ भने अहिले पनि सहयोग गर्न सकिन्छ । अहिले पनि हेल्पिङ ह्याण्ड अस्पतालबाट सहयोग गराउन सक्छौं । ठूलो सपनाका साथ कोष संचालनमा ल्याइएको छ । पहिले उपचारबाट जाउँ । कोषलाई बढाउँदै श्रमिकका सन्ततीलाई पढाउने र भावी पुस्तालाई योगदान गर्ने बनाउनुपर्दछ ।ʼ
कोषको पारित नियमावली अनुसार महासंघमा आबद्ध सदस्यहरुलाई सुरुमा दिर्घरोगहरु जस्तैः मुटुरोग, मृगौला रोग, रक्त क्यान्सर, पक्षघात जस्ता दिर्घकालिन असाध्य रोगहरुका लागि निरन्तर उपचार गराई रहन पर्ने भएमा निजहरुको हकमा एकै पटक ४०,००० राहत स्वरुप प्रदान गरिनेछ । तर मृगौला प्रत्यारोपण बाहेक डाईलोसिस सेवाको लागि नेपाल सरकारबाट सहयोग पाएको अवस्थामा भने डाइलोसिस वा प्रत्यारोपण जे गरे पनि एक पटक मात्र रकम मात्र उपलब्ध गराईने छ ।
त्यस्तै नियमित लेवी तथा शुल्क बुझाई रहेको र सदस्यता समेत नियमित गरेको सदस्यको कार्य क्षेत्रमा वा कार्यक्षेत्र भन्दा अन्यत्र दुर्घटना भई अपाङग भएमा वा मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट रकम २५,००० उपलब्ध गराईने जिफन्टले जनाएको छ ।
कोषका नवनिर्वाचित अध्यक्ष विष्णु लम्सालले कोषलाई दिर्घकालिन हिसाबले संचालनमा ल्याउने उल्लेख गर्दै भने, ʽसबैको ऐक्यबद्धताले अप्ठ्यारामा परेका सदस्यहरुका अप्ठ्यारामा मल्हम लगाउन सकिन्छ भन्ने विश्वास दिएका छौं ।ʼ
कोषमार्फत पहिलोपटक १० जनालाई सुबिधा प्रदान गर्ने कार्यक्रममा जानकारी दिईयो ।

उक्त कोष स्थापना दक्षिणपूर्वी एसिया मै नमूना र उदाहरणीय काम भएको जिफन्टको दाबी रहेको छ ।

वि.सं.२०७३ कात्तिक ४ बिहीवार १७:३१ मा प्रकाशित

You can share this post!

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

वि.सं.२०८० असोज १२ शुक्रवार १९:०१

काठमाडौँ, १२ असोज : नेपालको कुल सार्वजनिक ऋण रू २३...

सरकार र राहत शिक्षकबीच सहमति   

सरकार र राहत शिक्षकबीच सहमति   

वि.सं.२०८० असोज १२ शुक्रवार १८:५५

काठमाडौँ, १२ असोज : सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक...

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:५०

काठमाडौँ, १२ असोज : पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा...

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १४:४२

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

वि.सं.२०८० असोज १२ शुक्रवार १४:२०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ...