
काठमाडौ । सभामुख ओनसरी घर्तीले स्विजरल्यान्डको जेनेभामा आयोजना हुने इन्टरनेसनल पार्लियामेन्ट्रियन युनियनको बैठकमा भाग लिन जाने कार्यक्रम रद्ध गरेकी छिन् ।
मुलुकमा उत्पन्न विशेष राजनीतिक कारणले उनीले साताव्यापी लामो आफ्नो भ्रमण रद्द गरेकी हुन् ।
सभामुख घर्तीसहित सो बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले) का प्रमुख सचेतक भनुभक्त ढकाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक टेकबहादुर बस्नेत सहित संसद् सचिवालयका पदाधिकारी सो कार्यक्रममा जाँने कार्यक्रम थियो ।
उक्त टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको थियो । व्यवस्थापिका–संसद्मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संयुक्त रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्की विरुद्धमा बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
दर्ता भएको सो महाअभियोगलाई संसद्मा कसरी प्रवेश गराउने भन्ने विषयमा उच्च राजनीतिक नेतृत्वका बीच कुराकानी भइरहेकाले व्यवस्थापिका–संसद्को आजको बैठक पनि सूचना टाँस गरी स्थगित भएको थियो ।
प्रकाशित मितिः २०७३ कार्तिक ४
वि.सं.२०७३ कात्तिक ४ बिहीवार १७:५७ मा प्रकाशित