
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी कार्यकालको अध्यक्षका लागि स्वतः भवानी राणा हुने बाटो खुला भएको छ ।
महासंघले बिहीबार बोलाएको विशेष साधारण सभामा उपस्थित ९० प्रतिशत भन्दमा बढीले महासंघले पेश गरेको विधान संशोधन पारित भए सँगै आगामी कार्यकालको लागि भवानी राणा अध्यक्ष हुने बाटो खुलेको हो ।
प्रस्तावित विधान पारित भएसँगै अब महासंघमा बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था लागू भएको छ ।
राणा अहिले महासंघको बरिष्ठ उपाध्यक्ष छिन् । आगामी कार्यकालमा उनी स्वतः अध्यक्ष हुनेछिन् ।
त्यसैगरी, संघीयता अनुसार महासंघलाई परिमार्जन गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।
यसअघिसम्म अध्यक्षका लागि चुनाव हुने गरेको भए पनि आगामी कार्यकालदेखि बरिष्ठ उपाध्यक्षसम्मको पदमा मात्रै चुनाव हुने भएको छ । महासंघको नियमित साधारणसभा यही चैतमा हुँदैछ ।
महासंघको विशेष साधाराणसभा ६ जना पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीले विशेष साधारणभा बहिस्कार गरेका थिए ।
प्रकाशित मितिः २०७३ कार्तिक ४
वि.सं.२०७३ कात्तिक ४ बिहीवार १८:०५ मा प्रकाशित