काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त दीप बस्न्यात आयोगको कार्यबाहक प्रमुख आयुक्त बनेका छन् ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता भएकाले बस्न्यात कार्यबाहक बनेका हुन् । आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्थाबमोजिम सो निर्णय भएको जानकारी दिए ।
आयोगमा हाल पाँच आयुक्त छन् ।
प्रकाशित मितिः २०७३ कार्तिक ४
वि.सं.२०७३ कात्तिक ४ बिहीवार १९:३८ मा प्रकाशित