काठमाडौ। सोल्टी होटलले पोखरा र नेपालगञ्जमा ४ तारे होटल सञ्चालनमा ल्याउने भएको छ । होटलको ५० औैं बार्षिकोत्सवका अवसरमा आयोजीत पत्रकार सम्मेलनमा सोल्टी होटलका अध्यक्ष प्रभाकर शमसेर राणाले पोखरा र नेपालगञ्जमा चार तारे होटल सञ्चालन गर्न लागेको जानकारी दिए ।
नेपालगञ्जमा आगामी बैशाखबाट सञ्चालन गर्न लागिएको होटलमा ५५ करोड लगानी हुनेछ । ८१ कोठा रहेको होटलले मध्यपश्चिम तथा सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष राणाले बताए । त्यस्तै, पोखरामा निर्माण गरिने अर्को ४ तारे होटलमा ६० करोड लगानी हुनेछ । रिसोर्टका रुपमा निर्माण गरिने पोखराको होटलका लागि जग्गा खरिद भैसकेको पनि उनले जानकारी दिए ।
प्रकाशित मितिः २०७३ कार्तिक ४
वि.सं.२०७३ कात्तिक ४ बिहीवार २०:३० मा प्रकाशित