काठमाडौ । अरुण काबेली पावर लिमिटेडले कार्तिक ९ गतेदेखि ३० लाख कित्ता प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्दैछ । कम्पनीले सो मध्ये ९० हजार कित्ता कम्पनीको कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
१ सय रुपैंया प्रतिशेयर मूल्य रहेको कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनत्तम ५० कित्तादेखि अधिकत्तम १५ हजाार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आइपीओ जारी गर्न ७ जलबिद्युत् कम्पनी र २ विकास बैंक गरि ९ कम्पनीले सेबोनमा आबेदन बुझाएका छन् । गर्जाङ उपत्यका हाइड्रोपावर, आँखुखोला हाईड्रोपावर, नेपाल हाईड्रो डेभलपर, च्याङ्ग्डी हाइड्रोपावर, राधी जलबिद्युत् कम्पनी, मैलुङ खोला जलबिद्युत् कम्पनी लगायतले आईपीओ जारी गर्न आबेदन दिएका छन् ।
प्रकाशित मितिः २०७३ कार्तिक ५
वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०९:४५ मा प्रकाशित