
महोत्तरी । पेट्रोलमा मट्टितेल मिसाएर बढि नाफा कमाउन खोज्ने जनक आयल स्टोर्सका सञ्चालक जनकबहादुर श्रेष्ठका छोरा नवीन कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी प्रहरीले गौशाला नगरपालिका–७ स्थित रहेको उक्त पेट्रोल पम्प सञ्चालकलाई पेट्रोल पम्पमै पेट्रोल ट्याङ्कीमा मट्टितेल मिसाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पेट्रोल पम्प सञ्चालक श्रेष्ठका छोरा नवीनले पम्पमै रहेको पेट्रोलको ट्याङ्कीमा बाहिरबाट ल्याएको फलामको ड्रमबाट तीनसय लिटर मट्टितेल मिसावट गर्दा गर्दैको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका पम्प सञ्चालकका छोरा श्रेष्ठमाथि कालोबजारी मुद्दा लगाउने तयारी भइरहेको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक ५
वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १७:०० मा प्रकाशित