
पाँचथर । पाँचथरमा अहिले अलैँची प्रतिमन रु ५५ हजारमा बिक्री भइरहेको छ । याङ्नामका किसान याम कुरुम्बाङका अनुसार दुई वर्षअघि अलैँची प्रतिमन रु एक लाख २० हजारमा बिक्री हुने गर्दथ्यो । यस वर्ष भदौमा प्रतिमन रु ८० हजारका दरले बिक्री भएको उनले बताए ।
अलैँचीको मूल्य लगातार घट्न थालेपछि जिल्लाका किसान चिन्तित वनेका छन् ।
पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटालगायत जिल्लामा उत्पादन हुने अलैँची भारत, पाकिस्तान लगायत मुलुकमा निर्यात हुँदै आएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक ५
वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १७:३५ मा प्रकाशित