
काठमाडौ । सानिमा बैंकले अफिसर र एसिस्टेन्ट तहका विभिन्न पदका लागि कर्मचारीहरु माग गरेको छ । बैंकले रिलेसनसिप मेनेजर, ब्रान्च मेनेजर, ब्रान्च अपरेसन इन्चार्ज, लिगल अफिसर, रिलेसनसिप अफिसर र ब्रान्च असिस्टेन्ट माग गरेको हो । अफिसर तहका रिलेसनसिप मेनेजर, कर्जा डिपार्टका लागि दुई जना र निक्षेप व्यवस्थापन डिपार्टका लागि एक जना माग गरेको छ ।
कर्जा डिपार्टका लागि एसिस्टेन्ट तहमा रहेर काम गर्ने रिलेशनसिप मेनेजर माग गरिएको छ । विभिन्न शाखाहरुका लागि एसिस्टेन्ट पनि माग गरिएको छ ।
शैक्षिक योग्यताभन्दा अनुभव तथा कार्यक्षमतालाई बढी मान्यता दिइने बैंकले जनाएको छ । उक्त पदमा रहेर जिम्मेवारी बहन गर्न सक्ने र अनुभवीले ४ नोभेम्बर अर्थात कात्तिक १९ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।
प्रकाशित मितिः २०७३ कार्तिक ६
वि.सं.२०७३ कात्तिक ६ शनिवार ०९:२२ मा प्रकाशित