back

नीजि क्षेत्रको अधिकार खोस्दै सरकार,उत्पत्तिको प्रमाणपत्र अब सरकारबाटै !

काठमाडौ । निजी क्षेत्रका विभिन्न संघ–संगठनहरूबाट जारी हुँदै आएको उत्पत्तिको प्रमाणपत्र अब सरकार आफैंले जारी गर्ने भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाको आम्दानीको राम्रो स्रोत बनेको यो व्यवस्था विवादित बन्दै गएका कारण सरकार आफैंले जारी गर्ने तयारी गरेको हो ।

सरकारले निजी क्षेत्रसहितको प्राविधिक समितिको सिफारिसका आधारमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने भएको छ । जिल्ला तहको कार्यालयले कृषि तथा औाद्योगिकजन्य वस्तुको उत्पतिको प्रमाणपत्र  जारी गर्ने योजना छ । उत्पत्तिको प्रमाणपत्रको कार्यविधिको मस्यौदा तयार भइसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला उद्योग वाणिज्य संघलाई जारी गर्दा विकृति धेरै देखिएकाले सरकारी निकायबाटै निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न लागेको हो ।

उद्योग वाणिज्य महासंघले तेस्रो मुलुकबाट आयात भएका वस्तुलाई पनि नेपालको वस्तु भनी उत्पतिको प्रमाणपत्र जारी गरेका छन् । निर्यात गर्नका लागि नेपालको वस्तु भनी अधिकार प्राप्त निकायबाट उत्पतिको प्रमाणपत्र जारी गर्नुपर्छ ।

अहिले उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार निजी क्षेत्रलाई दिइएको छ । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पनि उत्पतिको प्रमाणपत्र  जारी गर्ने अधिकार सरकारको मातहातमा ल्याउन वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

तेस्रो तथा अन्य मुलुकको वस्तु भए त्यसमा ३० प्रतिशत मूल्य अभिवृद्धि (भ्यालु एड) गरेर मात्र वस्तु निकासी गर्न पाइने प्रावधान छ । तर, तेस्रो मुलुकबाट आयात हुने सुपारीमा कुनै मूल्य अभिवृद्धि नगरी निजी क्षेत्रबाट उत्पतिको प्रमाणपत्र जारी गर्ने गरेको देखिएको छ ।

कारोबार दैनिकबाट साभार

प्रकाशित मितिः २०७३ कार्तिक ७

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०८:३४ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...